MENU

अष्ट्रेलियन ओपन: २१औ पटक ग्राण्डस्लाम उपाधि जित्दै नाडालले राखे कीर्तिमान

Rafael Nadal won his second Australian Open title
Rafael Nadal is now one ahead of Roger Federer and Novak Djokovic in men’s grand slam titles.

स्पानिस टेनिस स्टार राफायल नाडालले २१औ पटक ग्राण्ड्सलामको उपाधि जित्दै कीर्तिमानी कायम गरेका छन् ।

आइतबार मेलवर्नमा भएको अष्ट्रेलियन ओपनको फाइनलमा रसियाका डानिएल मेदभेदेभविरुद्ध ५ सेट चलेको खेलमा पुनरागमन जित हात पार्दै नाडालले करियरको २१औ उपाधि जितेका हुन्।

प्रतिस्पर्धात्मक खेलमा नाडालले रसियन खेलाडी डानिएल मेदभेदेलाई २-६, ६-७, ६-४, ६-४, ७-५ ले पराजित गरे। यो उपाधि पछि नाडालले सर्वाधिक उपाधि जित्ने सूचीमा एकल रुपमा कीर्तिमान बनाए।

स्वीस स्टार रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिचले समान २० उपाधि जितेका छन्।

याे पनि पढ्नुहाेस् ।

World No. 1 Barty Beats Collins for Australian Open 2022 Title