MENU

सजिलो हुँदै सिड्नीः प्रतिबन्धहरु खुकुलाे बन्दै

Sydney Opera House Photo by Jeremy Bishop on Unsplash
Sydney Opera House Photo by Jeremy Bishop on Unsplash

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यले वैवाहिक कार्य, विद्यालय र सामुदायिक खेलकुद, थिएटर, सिनेमा र कन्सर्ट हलमा दर्शककाे संख्या माथि लागेको प्रतिबन्धलाई परिवर्तनको घोषणा गरेको छ ।

अक्टाेबर १ देखि थिएटर, सिनेमा र कन्सर्ट हलहरूले क्षामताकाे पचास प्रतिसत टिकट बिक्रि गर्न पाउने छन् ।

दुई हप्ता लामो बसन्त कालिन विद्यालय विदा शुरु हुनु भन्दा अघि राज्यले केही प्रतिबन्धहरु खुकुलो बनाउने घोषणा गरेको हो ।

यो निर्णय सँगै विद्यालय विदाको समयमा राज्यको दुर्गम तथा रिजनल क्षेत्रमा स परिवार होलिडे जानेको संख्या बढ्ने अनुमान गरिएको छ । जसले त्यहाँको खुम्चिएको अर्थतन्त्रलाई केही राहत दिने अनुमान छ ।

त्यसैगरी, सामुदायिक खेलकुदको फाईनल खेल हेर्न एक भन्दा बढी अभिभावक सहभागि हुन पाउनेछन् । “हामी अभिभावकहरुलाई जानकारी गराउन चाहन्छौ कि तपाईहरुले आफ्ना बच्चाहरुले खेलेको हेर्न आउदा अझ बढी स्वतन्त्रता पाउनुहुनेछ ।” न्यू साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हजार्डले बताए ।

मन्त्री हजार्डले थपे, “अझै पनि सतर्कताको अवस्था रहेकाेले वैवाहिक कार्यमा २० जना डान्स फ्लाेरमा नाच्न पाउने छन् , वेहुला र वेहुलीका लागि मात्र नभई उनीहरुको बाबुआमा र आफन्तहरुका लागि समेत यो अवसर प्रदान गरिएको हो ।”

यता कार्यकारी खेलकुद मन्त्री जियोफ लिले सो समाचारको स्वागत गर्दै ती परिवर्तनहरु यसै हप्ताको अन्त्यबाट लागू हुने बताए ।

न्यू साउथ वेल्सका शिक्षा मन्त्री साराह मिसेलले पनि विद्यालयमाथिको थुप्रै प्रतिबन्धहरु फुकुवा हुने तथा विद्यालयको खेल महामारीको भन्दा पहिलाको जस्तै अवस्थामा आउने बताए । तर, उनले विद्यालय संचालन भइरहेको दिनमा हुने खेलकुदमा अभिभावकहरु सहभागि भने हुन नपाउने जनाए ।

त्यसैगरी, पाँच जनासम्मले कोरसमा गाउन सक्नेछन भने सामाजिक दुरी कायम गरी जतिसुकै विद्यार्थीहरु पनि सांगीतिक कार्यक्रममा सहभागि हुन सक्नेछन् ।