MENU

क्यानबेरा नेप्लिज फूटबल क्लबले जित्यो रोयल फेस्टिभ कप


क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरमा अयोजना भएको रोयल फेस्टिभ कपको उपाधी क्यानबेरा नेप्लिज फूटबल क्लबले जितेको छ ।

यही फेब्रवरी २० शनिवार रोयल नेप्लिज क्यानवेरा फूटबल क्लबले आयोजना गरेको यो प्रतियोगितामा सिड्नीका दुई र क्यानबेरका सात गरेर जम्मा नौ वटा क्लबहरु सहभागि थिए ।

पूर्व निर्धारित यो प्रतियोगिता कोरोना भाइरसको प्रकोपको कारण अन्य राज्यहरु सँग क्यानबेराको सिमा बन्द भएपछि खेल सार्न परेको आयोजक क्लबका अध्यक्ष शुसिल पोखरेले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

शनिवार गिरालेन स्पिोर्ट प्याभेलियन मैदानमा दर्शक र खेलाडीहरुको बाक्लो उपस्थितिमा भएको यो प्रतियोगितामा आयोजक रोयल नेप्लिज क्यानवेरा फूटबल क्लबले दोस्रो स्थानमा चित्त बुझाएको थियो ।

प्रतियोगितामा ददुबै टिमबाट गोल हुन नसके पछि अनन्त खेलको निर्णय पेनाल्टि सुट आऊटमा थियो । जसमा ३ गोल गरेर क्यानबेरा नेप्लिज एफ सि ले यस बर्षको पहिले रोयल फेस्टिभ कप उपाधि ऊचाल्न सफल भएको पोखरेलले जानकारी दिए ।

क्लबले ३५ं बर्ष भान्दा माथि उमेर समुहको खेलको आयोजना यहि बर्ष भित्र गर्ने बताएको छ ।

ROYAL FESTIVE CUP 2021Canberra 2021

सिड्नीमा नेपाली खेलाडी माथि कुटपिट; घटनाको सत्यतथ्य छानविनगर्न बेनी फुटबल क्लबको माग