होबार्ट । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बासमा पनि अष्ट्रेलियन फ्रन्चाईज टिम होबार्ट हुरिकेनबाट नै खेल्ने भएका छन् ।
होबार्ट हुरिकेनले बिहीबार २६ अगष्टमा नयाँ सिजनका लागि सन्दीप लामिछानेको सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरण पछि सन्क्षिप्त प्रतिकृया दिदै लामिछानेले भने “मलाइ होबार्ट हुरिकेन सँग गतबर्ष खेल्दाको समयमा निकै रमाइलो लाग्यो, यो बर्ष पुरै प्रतियोगिता खेल्नेमा म बिश्वस्त छ ।”
होबार्टले पहिलो अन्तर्राष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ । होबार्ट हुरिकेनले यो सिजनको लागि सन्दीप सहितको १६ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।
सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए । सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।
उनले सन् २०१८ देखि अस्ट्रेलियाको बिग बास खेल्न थालेका हुन् । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
बिग बासको नयाँ सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तालिका रहेको छ ।
Sandy signs on! 🖋
We're excited to announce @Sandeep25 as our first international signing for KFC @BBL|11 🇳🇵
Can't wait to have you back, Sandy 💜
MORE: https://t.co/QgEGi8oyqb#TasmaniasTeam pic.twitter.com/yYsK7FCCHW
— Hobart Hurricanes (@HurricanesBBL) August 26, 2021