MENU

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेल्ने

Nepalese spin sensation, Sandeep Lamichhane, will return to the Hobart Hurricanes for KFC BBL11.
Nepalese spin sensation, Sandeep Lamichhane, will return to the Hobart Hurricanes for KFC BBL11. Photo Source: Hobart Hurricanes

होबार्ट । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बासमा पनि अष्ट्रेलियन फ्रन्चाईज टिम होबार्ट हुरिकेनबाट नै खेल्ने भएका छन् ।

होबार्ट हुरिकेनले बिहीबार २६ अगष्टमा नयाँ सिजनका लागि सन्दीप लामिछानेको सम्झौता नवीकरण गरेको जनाएको छ ।

सम्झौता नवीकरण पछि सन्क्षिप्त प्रतिकृया दिदै लामिछानेले भने “मलाइ होबार्ट हुरिकेन सँग गतबर्ष खेल्दाको समयमा निकै रमाइलो लाग्यो, यो बर्ष पुरै प्रतियोगिता खेल्नेमा म बिश्वस्त छ ।”

होबार्टले पहिलो अन्तर्राष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ । होबार्ट हुरिकेनले यो सिजनको लागि सन्दीप सहितको १६ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए ।  सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।

उनले सन् २०१८ देखि अस्ट्रेलियाको बिग बास खेल्न थालेका हुन् । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए ।  सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

बिग बासको नयाँ सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तालिका रहेको छ ।