MENU

सरिता निरौलाको अध्यात्मिक गीत सार्वजनिक

Sarita Niraula
एडिलेड । दक्षिण अस्ट्रेलियाको एडिलेडमा बस्दै आएकी सरिता निरौलाले आफ्नो पहिलो सृजना सार्वजनिक गरेकी छिन् । उनले ‘मलाई पनि बच्चा बनाउन’ बोलको अध्यात्मिक गीत आइतबार सार्वजनिक गरेकी हुन् ।

अस्ट्रेलियामा रहेका नेपालीले मायाप्रेम लगायतका संगीत सृजना गरिरहेको अवस्थामा आफ्नो सृजना पृथक हुने उनले बताएकी छिन् । भगवानसँगको लगाव र प्रेमलाई ब्यक्त गरिएको यो गीत कुनै धर्मप्रति लक्षित नभएको उनले जनाएकी छिन् ।

‘यो गीतमार्फत मैले भगवानसँग नजिक हुँदा महसुस हुने फिलिङ्गस, आनन्द र शान्तिलाई ब्यक्त गर्ने कोशिष गरेकी छु ।’ उनले भनिन् – ‘आफुले नियमित गर्ने राजयोग मेडिटेसनद्धारा बटुलेको पहिलो अनुभवलाई गीतका रुपमा ब्यक्त गरेको हुँ ।’

उक्त गीतमा स्वर, रचना र कम्पोज निरौला आफैले गरेकी छिन् भने नेपालस्थित सुरेन्द्र श्रेष्ठले संगीत कम्पोज गरेका हुन् । गीत एडिलेडमा रहेको भिएम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । करिब ६ महिनाको तयारीपछि गीत बनेको र यसले फरक किसिमको सांगीतिक आनन्द दिने उनले बताएकी छिन् ।

अहिलेसम्म अस्ट्रेलियाबाट धेरै राम्रा मायाप्रेम लगायतका संगीतहरु सृजना भइरहेका भएपनि आध्यात्मिक संगीत भने यो पहिलो हुनसक्ने दाबी समेत गरेकी छिन् ।

भिडियो हेर्नुहाेस् ।