MENU

अस्ट्रेलियामा “फेसबुक” को प्रयोगकर्ताको सङ्ख्या घट्दै

Social media users are reducing their Facebook use, in Australia
Social media users are reducing their Facebook use, in Australia

एजेन्सि । युनिभर्सिटि अफ वोलोङ्गोनको हालै गारिएको रिसर्चको अनुसार अष्ट्रेलियामा फेसबुक प्रयोगकर्ताको सङ्ख्या घट्दै गइरहेको छ । यसको कारण प्रयोगकर्तालाई फेसबुक पट्टाई लाग्दो महशुस भएको पाइएको छ ।

अष्ट्रेलियन सर्भे अफ सोसिअल एटिटयुडस् (AUSSA) को तथ्याङ्कको अनुसार ४१-५६ वर्ष उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जाल त्याग्न सजिलो हुने र ६-२४ वर्ष उमेरका प्रयोगकर्तालाई अलिक कठिन हुने पाइएको छ ।

५,००० भन्दा पनि बढी सहभागीहरु भएको उक्त सर्भेमा ५२ प्रतिशत सहभागिहरुले “पट्टाई लाग्दो” र “समय खेर जाने” कारण सामाजिक सञ्जालको प्रयोग कम गरेको जनाएका छन् ।

युनिभर्सिटि अफ वोलोङ्गोनका उप प्रध्यापक डा. रोजर पएटुलिनले खोजहरुका अनुसार मानिसहरुलाई आफ्नो सामाजिक सञ्जालको बानीमा सोचेभन्दा धेरै सहनशिलता भएको पत्ता लागेको छ ।

डा. पएटुलिन भन्छन्, “मानिसहरुले सहनशीलताको साथसाथै पुनह चुनौतीको सामना गर्ने क्षमताको प्रदर्शन गरीरहेका छन्, जुन राम्रो नि हो।” “यसले यदि टेक्नोलोजीले हाम्रो जीवन हस्तक्षेप गर्न खोजे हामीमा भएको लड्न सक्ने गुणको पुष्टि गरेको छ ।”

साथसाथै जति उच्च शिक्षा त्यति नै सामाजिक सञ्जाल प्रति बलियो पक्कड देखिएको छ ।