MENU

छानबिनको घेरामा एज्ड् केयरकाे ‘डान्स पार्टी’; कार्यस्थलकाे गतिविधि सामाजिक संजालमा नराखौ

Aged Care
Photo Source: unsplash.com

भिक्टोरिया । मेलवर्नको पुर्वी क्षेत्रमा रहेको एक एज्ड् केयरमा कार्यरत कर्मचारीले पिपिई नलगाएरै बर्थ डे पार्टीमा नृत्यु गरिरहेको भिडियो सार्वजनिक भएपछि एज्ड् केयर वाचडगले अनुसन्धान सुरु गरेको छ ।

नुनावाडिङस्थित एडभेन्ट केयर ह्वाइट होर्समा खिचिएको भिडियोमा त्यहाँ कार्यरत कर्मचारीहरूले रेसिडेन्हटहरू सँग नजिकै रहेर नृत्य गरिरहेको र सँगसँगै रहेको देखिएको थियो । एक कर्मचारीको जन्म दिवसको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रमका क्रममा कर्मचारीहरुले मास्क लगाएका थिएनन् । सोमबार सार्वजनिक भएको सो भिडियो बारे एज्ड् केयर क्वालिटी एण्ड सेफ्टी कमिसनले पनि छानविन गरिहेको बुझिएको छ ।

एडभेन्ट केयरका प्रमुखको बचाउ

यस अघि एडभेन्टकेयरका प्रमुख कार्यकारी अधिकृत डेभिड रिसले सो कार्यक्रममा त्यहाँ कार्यरत कर्मचारी र रेसिडेन्डहरुमात्र भएको तथा बाहिरबाट कोहीपनि नआएको भन्दै बचाँउ गरेका थिए । साथै उनले कार्यक्रम निकै सहज तरिकाले आयोजना गरिएको समेत दावी गरे

राज्य प्रमुख डेनियल एन्ड्रयूजको चासो

तर भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रयूजले भने कडा रुपमा प्रस्तुत हुदै व्यक्तिगत सुरक्षा उपकरणहरु हटाउनु उपयुक्त नभएको स्पष्ट पारे । एन्ड्रयूजले एडभेन्टकेयरका प्रमुख कार्यकारी अधिकृत रिसले सो एज्ड् केयरमा बसोबास गर्नेहरु मात्र भएको दावी गरेपनि त्यहाका कर्मचारीहरु भने समुदायमा बस्ने गरेको तथा समुदाय स्तरमा कोरोना भाइरस फैलिरहेकोले उनको खण्डन उत्तम नभएको बताए ।

यता प्रहरीले भने अहिलेसम्म उनीहरुले सो घटनाबारे कुनै औपचारिक उजुरी प्राप्त नगरेको बताएकाे छ । त्यसैगरी, सो केन्द्रमा अहिलेसम्म कोरोना भाइरसबाट कुनै व्यक्ति संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छैन ।

कार्यस्थलका गतिविधि सामाजिक संजालमा नराखौं

अस्ट्रेलियाका हरेक कम्पनीहरुले सामाजिक संजाल तथा विद्युतीय उपकरण उपयोग सम्बन्धी आन्तरिक नीति र नियम बनाएका हुन्छ । अझ एज्ड् केयरमा कामको अवधिभर मोवाईल चलाउन प्रतिबन्ध लगाईएको हुन्छ । एज्ड् केयर भित्रका कुनैपनि गतिविधिलाई क्यमेरामा कैद गरी कम्पनीको अनुमति बिना सामाजिक संजालमा प्रयोग गर्नु उक्त कम्पनिकाे गाेपनियता सम्बन्धि नीति र नियमहरूकाे विरुद्ध मानिन्छ ।

स्थानीय संचारमाध्यमहरूको सहयोगमा