MENU

घरमा रहनुहोस् र आफ्नो घरमा आगन्तुकहरुलाई आउन नदिनुहोस्

“कृपया अत्यावश्यक काम नपर्दासम्म घर बाहिर नजानुहोस् । यस समयमा तपाईको घरमा आगन्तुकहरु निम्ता नगर्नुहोस् । यदि तपाईलाई स्याहार अथवा सहायता चाहिएमा, सहयोगको निम्तिमात्र एक जनालाई घरमा बोलाउनु होला ।”

Stay at home and do not have visitors in your home

कोभिड-१९ का केशहरु बढ्ने क्रम सँगै जनस्वस्थ्य विशेषज्ञ तथा समुदायका अगुवाहरुले समुदायका सदस्यहरुलाई घरमा रहन आग्रह गरिरहेका छन् ।

डा लिना गुप्ता, पब्लिक हेल्थ सिड्नी लोकल हेल्थ डिष्ट्रिकको चिकित्सकिय निर्देशक भन्छिन् “कोभिड(१९ का कडा मापदण्डहरु र भेलाहुन प्रतिबन्धहरु पालना गरेर हामी हाम्रो परिवारहरु र एक अर्कालाई सुरक्षित राख्न सक्छौ ।”

“कृपया अत्यावश्यक काम नपर्दासम्म घर बाहिर नजानुहोस् । यस समयमा तपाईको घरमा आगन्तुकहरु निम्ता नगर्नुहोस् । यदि तपाईलाई स्याहार अथवा सहायता चाहिएमा, सहयोगको निम्तिमात्र एक जनालाई घरमा बोलाउनु होला ।”

“जारी गरिएका थप प्रतिबन्धहरु बारे हाम्रो समुदाय सचेत हुन आवश्यक छ । किनमेलको निम्ति एक घरबाट मात्र एक जना घर छोडन सक्नु हुन्छ, र पसलहरुमा चाहार्न निषेधित छ, बाहिर ब्यायम गर्दा, तपाईको घरको १० किमी भित्रमात्रै गर्नुपर्ने हुन्छ, सम्पूर्ण बाहिरी भेटघाटहरु दुई ब्यक्तिहरुमा मात्र सिमित छ, एउटै घरपरिवारका सदस्यहरु बाहेका याद राख्नुहोस्, आफ्नो घरपरिवार बाहेक बाहिरी ब्यक्तिहरुसँग कार सवारी गर्न प्रतिबन्ध लगाईएको छ ।”

डा गुप्ता भन्छिन् “यो भाईरस हाम्रो समुदायहरुमा फैलिरहेको छ । हामी मानिसहरुलाई सचेत हुन र कुनैपनि लक्षण देखा परेमा जाँच गराउन आवश्यक छ ।”

“यदि तपाईमा कुनैपनि लक्षणहरु जस्तैस्( घाँटी दुख्ने, खोकी, ज्वरो, रुघा, देखिएमा तुरुन्तै परिक्षण गराउनुहोस् र सिधै घर जानुहोस् र नतिजान आउँदा सम्म घरमै बस्नुहोस् । आफ्नो परिक्षणको नतिजा पर्खिरहदा तपाई काममा, बाहिर ब्यायम गर्न अथवा बाहिर खानाखान जानुहुदैन् । अलग बसिरहदा सम्भब भएसम्म साझा कोठा र शौचालय प्रयोग नगर्नुहोस् । १।५ मिटरको दूरी राख्नुहोस् र साझा कोठामा हुँदा सबैले मास्क लगाउनुहोस् । साथै, घरायसी सामाग्रीहरु जस्तै गम्छा, बिस्तारा र भाडाँहरु पनि साझा प्रयोग नगर्नुहोस् । यदि तपाईलाई कोभिड¬(१९ भएको ब्यक्तिको घनिष्ठ सम्पर्कको रुपमा पहिचान गरिएमा, तपाई १४ दिन सम्म अलग्गै बस्नुपर्ने हुन सक्छ ।”

एनएसडब्लुमा नेपाली समुदायका अगुवा ऋषि आचार्यले सबैलाई सरकारी प्रतिबन्धहरु पालना गर्न प्रेरित गरेका छन् । आचार्य भन्छन्, “हामीलाई थाहा छ, परिवार तथा साथीहरुको हेरचाह गर्न अति आवश्यक छ । अलगै बस्नुको सट्टा आफ्ना प्रियजनहरुको घरमा गएर सहयोग गर्दा तपाईले राम्रो काम गरिरहेको सोच्नुहोला तर तपाईले भाइरस फैलाउने जोखिम बढाईरहनु भएको छ । कृपया घरमा रहनुहोला र सुरक्षित रहनुहोला । हामीलाई थाहा छ, यो कठिन समय हो । तर हामीलाई यो पनि थाहा छ कि यसले काम गर्छ । कोभिड¬१९ खतरनाक भाइरस हो । संयुक्तरुपमा, हामी संक्रमण रोक्न सक्छौ ।”

थप जानकारीका लागि www.nsw.gov.au/covid-19 मा जानुहोस् ।