MENU

अस्ट्रेलियन नेपालीले बनाए स्टडी इन्फो सेन्टर

Study Info Centre
 

सिड्नी । अस्ट्रेलिया र नेपालका बरिष्ठ शिक्षाविद्धहरुले अनलाईन मार्फत शिक्षा क्षेत्रका जानकारी दिने पोर्टलको आवश्यकता तथा महत्वो निकै खड्केको बेला नयाँ बनेको पोर्टलले उक्त आवश्यकतालाई पुरा गर्ने बताएका छन् ।

बिहिबार सिड्नी र काठमाण्डौबाट स्टडीइन्फो सेन्टर नामक वेबसाइट सार्बजनिक गर्ने जूम कार्यक्रमा बोल्दै उनीहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व राजदूत तथा त्रिभुवन बिश्वबिद्यालयका उपकुलपति केदारभक्त माथेमाले संचारकर्मीहरु र शिक्षा क्षेत्र ब्यक्तित्वोहरु संगै स्टडी इन्फो सेन्टर डट कम नामक शैक्षिक सुचनामुलक वेबसाइट जूम मार्फत शुभारम्भ गरेका हुन् ।

कार्यक्रमा बोल्दै शिक्षाविद केदार भक्त माथेमाले, यो पोर्टल बिद्यार्थीलाई इन्फर्म डिसिजन लिन निकै उपयोगि हुने बिचार व्यक्त गरे । बिश्वमा अहिले पचासौ लाख बिद्यार्थी अन्तराष्ट्रिय शिक्षा लिन बिभिन्न देशमा जाने भन्दै त्यस्ता बिध्यार्थीलाई यस्ता पोर्टलले निकै साथ दिने बताए ।

कार्यक्रमा त्रिभुवन बिश्वबिद्यालयका पुर्ब उपकुलपति तिर्थ खनिया, कमलकृष्ण जोशी, पोखरा बिश्वबिद्यालयका उपकुलपति प्रेम नारायण अर्याल, पुर्वाञ्चल बिश्वबिद्यालयका पूर्व उकुलति यादव कोइराला लगाएतका शिक्षाविदहरुले एकै थलोमा जम्मा भएर यस्ता पोर्टलको महत्वोबारे साझा धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा बिश्वका बिभिन्न देशबाट सहभागी शिक्षाबिद्धहरु, बिभिन्न शैक्षिक् प्रतिष्ठानका प्रमुखहरु, बिद्यार्थिहरु तथा संचारकर्मीहरु सहभागी थिए । विहिवार सार्बजनिक गरिएको स्टडी इन्फो सेन्टर नेपालीहरुले निर्माण गरेको शिक्षा क्षेत्र सँग सम्बन्धित एक मात्र अनलाइन डाइरेक्टरी हो ।

कार्यक्रममा बोल्दै गैर आवाशीय नेपाली संघका उपाध्यक्ष मन के सी ले यो पोर्टल बिश्वभरिको उच्च शिक्षाबारे जानकारी लिन चाहने हरेकलाई निकै उपयोगी रहेको बताए । विशेषगरी बिद्यार्थिलाई आफ्नो अवस्था तथा रोजाईको उच्च शिक्षाबारे देश, बिश्वेबिद्यालय र बिषय तुलना गर्न मिल्ने महत्वपूर्ण सुचना प्रदान गर्ने यो एक मात्र वेबसाइट हो ।

अस्ट्रेलियामा रहेर बिभिन्न शिक्षालयहरुमा आबद्ध संजीव शर्माले भने, आफ्नो देशमा र बिदेशमा समेत आफुले अध्ययन गर्न चाहेको बिषय, बिश्वबिद्यालयका, त्यहाँ लाग्ने खर्च, त्यो स्थानमा रोजगारीमा अबसरहरु, बिदेशमा हो भने त्यो देशको भिषा नीति लगाएतका सुचना पनि यो वेबसाईटबाट प्राप्त गर्न सक्नु निकै उपलाब्धि भएको बताए ।

आम विध्यार्थी, अविभावक शिक्षा सम्बन्धि अनुशन्धानदाता ,परामर्शदाता तथा शैक्षिक् सँस्थानहरुलाई यसले एकै ठाउमा ल्याएर सुचना सहजीकरणकालागि बिशेष भूमिका खेल्ने र सबैलाई उपलब्धीमुलक हुने बिश्वास लिएको स्टडी इन्फो सेन्टरका संचालक टी एन अर्यालले बताए ।

कतिपय बिषयमा बिदेशमा रहेको शैक्षिक पाठ्यक्रम र त्यसको लागि आवश्यक शुल्क तथा शैक्षिक प्रणालीका बारेमा बेखबर हुँदा बिदेशमा नेपाली विद्यार्थीहरुले दुःख पाउनु परेका उदाहरणहरु पनि देखेको बताउदै उनले अमेरिका, अस्ट्रेलिया, युरोप र भारतसम्मका बिश्वबिद्यालय र यसका पाठयक्रम र सबैखाले सुचनालाई एउटै छातामुनी एकै क्लीकमा तुलानात्मक अध्ययन गरि सूचना पाइन सक्ने वाताबरण बनाउने प्रयासका रुपमा स्टडीइन्फो सेन्टरको अबधारण आएको भएको उनले बताए ।

अर्यालले स्टडी इन्फो सेन्टर शैक्षिक गतिविधीका सुचनाले भरिपूर्ण वेभ साइट भएको बताउदै यसमा विध्यार्थीहरुले दर्जनौ देशका हजारौ बिश्वबिद्यालयका तथा शैक्षिक् सँस्थामा पढिने लाखौ बिषयबारे तुलना गरेर आफुलाई सुहाउँदो देश, शहर , बिश्वबिद्यालयका वा बिषयको बारेमा पूर्ण जानकारी लिन सक्ने बताए ।