MENU

अस्ट्रेलियामा दुई महिनामा पाँचजना फुड डेलिभरी राईडरको निधन; सरकारले बनायो टाक्स फोर्स

Food Delivery Rider Photo by Brett Jordan on Unsplash
Food Delivery Rider Photo by Brett Jordan on Unsplash

सिड्नी । अस्ट्रेलियामा बिगत दुई महिनामा पाँचजना फुड डेलिभरी राईडरको सडक दुर्घटनामा मृत्यु भएपछि सरकारले एक टाक्स फोर्स गठन गरेको छ ।

अनलाई फुड डेलिभरी सेवा दिने कम्पनीहरुले कामदारको सुरक्षमा चासो नदिइको बारे चौतर्फी आवाज उठेपछि सरकारको यो निर्णय आएको हो । यहाँ अध्यनरत विद्यार्थीहरु जिविकोपार्जनका लागि उबर इट्स, डेलिभेरो, मेनुलग जस्ता फुड डेलिभरी कम्पनिमा साईकल मार्फत फुड डेलिभरीको काम गर्छन ।

कतिपयले आफै साईलकल लिएका छन् भने कतिले भाडामा लिएरै भएपनि साईकलमा खाना, खाजा ओसारपसारको काम गरिरहेका हुन्छन् । यस्तो काम गर्नेमा नेपाली विद्यार्थीहरुको संख्यापनि अत्याधिक छ ।

अनलाई फुड डेलिभरी सेवा दिने कम्पनीहरुले कामदारको सुरक्षमा चासो नदिइको बारे चौतर्फी आवाज उठेपछि सरकारले एक टाक्स फोर्स गठन गरेको छ ।

घटनाको नालिवेली

सिड्नीको सरीहिल्स र न्युटाउन नजिक एक ट्रकको ठक्करबाट खाना पुर्याउने साइकल चालकको सोमबार मृत्यु भएको थियो । एक्जाभेटर बोकेको ट्रकको ठक्करबाट साईकल चालकको मृत्यु भएपछि आक्समिक सेवाका कर्मचारीहरुलाई चाल्मर्स एण्ड क्लेभल्याण्ड स्ट्रीट्समा बोलाइएको थियो ।

विगत तीन दिनभित्र सिड्नीमा खाना पुर्याउने काममा संलग्न दुई जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । गत शनिबार बंगलादेशी नागरिक २७ वर्षीय विजोय पाउलको दक्षिणी सिड्नीको रकडेलमा मृत्यु भएको थियो ।

पछिल्ला समयमा जिआयोजन चेन र डेडे फ्रेडको पनि मृत्यु भएको थियो भने गत साता मेलबर्नमा पनि एकजना उबर राइडरको सडक दुर्घटनामा ज्यान गएको थियो ।

नेपाली फुड डेलिभरी राईडरको अनुभव र सुझाव

बिगत केही महिना देखि सिड्नीको रकडेल कोग्रा क्षेत्रमा उबर इट्स डेलिभरी गरिरहेका मदन काफ्ले सहितको टोली कोग्राको एउटा कर्नरमा उबर इट्स डेलिभरी राइडरको सडक दुर्घटनामा भएको मृत्युको बारे मंगलबार साँझ चर्चा गरिहेका थिए ।

पालो कुरेर बसीरहेका मदन सहित साथीहरुको गुनासो थियो, “हामीलाई नियमन गर्ने निकायनै भएन हाम्रो न हुनै भिजिबल भेस्ट नै छ नत सुरक्षा नै । त्यसैले हामीले सडक नियमन पालना गरी आफ्नो सुरक्षा आफै गर्नुपर्छ उनीहरु भन्दै थिए दुर्घटना भनेको भवितभ हो के नै लाग्छ र ।”

“राती सडक खुला हुन्छ गाडीहरु रफ्तारमा गुडिरहेका हुन्छन । हामीले पनि रोड रुल त पलाना गरेकै हुन्छौ तर भिजिबल ड्रेस नभएकाले कतिपय दुर्घटना भएका छन ।”

मदनले आफ्नो उबर राईडरको छोटो अनुभव यसरी सुनाए: “उबर भनेको कमिशन खाने एजेन्ट जस्तो रहेछन । अकाउन्ट खोल्यो । लिगल डकुमेन्ट बुझायो । अनि काम गर्न शुरु गर्यो । न कुनै जागिरको ग्यारेण्टि नै छ नत ज्यानको सुरक्षा नै के गर्ने तै पनि हातमुख जोड्न कामगर्ने पर्यो । उनले कोग्रा र रकडेलका अधिकाशंका घरमा खाना खाजा पुर्याएको अनुभव सुनाए । राती सडक खुला हुन्छ गाडीहरु रफ्तारमा गुडिरहेका हुन्छन । हामीले पनि रोड रुल त पलाना गरेकै हुन्छौ तर भिजिबल ड्रेस नभएकाले कतिपय दुर्घटना भएका छन ।”

साइकल चोरले हैरान बनायो

फुड डेलिभरी राईडर मनद भन्छन, “हाम्रा साथीहरुका साईकल चोरी भएका छन् । कमाउनका लागि १८ सय देखि २ हजार डलर सम्म हालेर साईकल किन्यो हराको हराई गर्छ उनी गुनासो पोख्छन । कतिपयले त हप्ताको ६० डलर भाडामा तिरेर फुड डेलिभरी गरिरहेका हुन्छन् ।”

राजनीति चासो

सडक दुर्घटनामा फुड डेलिभरी राईडरको ज्यान जाने घटना बढ्न थालेपछि न्यू साउथ वेल्सका लेवर पार्टीको प्रवक्ता ड्यानीयल मुखीले न्यू साउथ वेल्स सरकारसँग तत्काल ठोस कदम चाल्न माग गरेका छन् ।