प्रत्येक पाँच बर्षमा, अस्ट्रेलियाको तथ्याङ्क विभागले अस्ट्रेलियामा रहेका प्रत्येक ब्यक्ति र घर-धुरिको गणना गर्दछ। यसलाई नै जनगणना भनिन्छ। मंगलबार अगष्ट १० को रात अस्ट्रेलिया जनगणना हुँदैछ ।
जनगणना के हो?
प्रत्येक पाँच बर्षमा, अस्ट्रेलियाको तथ्याङ्क विभागले अस्ट्रेलियामा रहेका प्रत्येक ब्यक्ति र घर-धुरिको गणना गर्दछ। यसलाई नै जनगणना भनिन्छ। यसले तपाईंको उमेर जन्मेको देश, धर्म, कुल, घरमा प्रयोग गरिने भाषा, काम र शिक्षाको बारेमा सोध्दछ। अगष्ट १०, २०२१ मा तपाईंको घरमा रहेका सबै ब्यक्तिहरु समावेस हुनुपर्छ, जसमा अन्तराष्ट्रिय आगन्तुकहरु र वालवालिका पनि समावेश हुनुपर्दछ।
जनगणनाले हामीलाई अहिले र भबिष्यमा चाहिने कुराहरु थाहा पाउन सहयोग गर्दछ।
जनगणनाबाट प्राप्त जानकारीले सरकारहरू, ब्यवसायहरु र देशभरि रहेका गैर-नाफा मुलक संथाहरुलाई उचित निर्णयहरू लिन सहयोग गर्दछ। यसले समुदायमा रहेका समूहहरूलाई व्यक्ति, परिवार र समुदायहरूको लागि स्थानीय सेवाहरू योजना गर्न पनि मद्दत गर्दछ। उदाहरण को लागी:
जनगणनाका तथ्याङ्कहरु कसरी प्रयोग गरिन्छ भन्ने अरु उदाहरणहरू हेर्नुहोस्।
तपाईंको व्यक्तिगत जानकारी कानुनि रुपमा सुरक्षित हुन्छ। कुनै पनि सरकारी संस्था र व्यक्तिलाई यो जानकारी साझेदारी गरिदैंन। जनगणनामा तपाईंले दिएको जानकारी बाट तपाईं र तपाईंको परिवारको पहिचान गर्न सकिदैन।
तपाईंले यो जनगणना अनलाइन, कागजी आवेदनबाट अथवा हाम्रो सहयोगबाट पुरा गर्न सक्नुहुन्छ। जनगणनाको बेलुकि घरमा हुने ब्यक्तिले निर्देशन पाउने बितिकै शुरु गर्न सक्नुहुन्छ।
जनगणना फारम अंग्रेजीमा मात्र छ। तपाईंले आफ्नो परिवार वा साथीहरूलाई जनगणनाको लागि मद्दत माग्न सक्नुहुन्छ र जनगणनाका लागि खटिएका कार्यकर्ता पनि हुनेछन् जसले तपाईंलाई कसरी फारम भर्ने भनेर सहयोग गर्न सक्दछन्।
हो, जनगणना अनिवार्य छ।* यसको मतलब अष्ट्रेलियामा कूटनीतिज्ञ र उनीहरूका परिवारहरुले बाहेक अरु सबैले जनगणनाको रात जहाँ पनि भए पनि जनगणना पूरा गर्नु पर्छ। यसले प्रबेश आज्ञा भएका, पर्यटकहरू, अष्ट्रेलियाली विश्वविद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरू जस्ता अन्तर्राष्ट्रिय आगन्तुकहरू सबै सामेल गर्दछ ।
*जनगणना गोपनियता विवरणको लागि census.abs.gov.au/privacy मा जानुहोस्।
मैले सहयोग कहाँ पाउन सक्छु?
यदि तपाईंलाई आफ्नो जनगणना पूरा गर्न मद्दत चाहिएमा त्यहाँ सहयोग पनि उपलब्ध छ।
यो अस्ट्रेलियाको तथ्याङ्क बिभागबाट प्राप्त जानकारी हो । थप जान्न यो लिंकमा जानुहोस् ।