MENU

लनचेस्टनको होली महोत्सव (फोटो फिचर)

लनचेष्टन । तास्मानियाको दोस्रो ठुलो शहर लनचेष्टनमा नेपाली सोसाइटी अफ नदर्न तास्मानियाले  शनिवार आयोजना गरेको होली महोत्सव  सम्पन्न भएको छ ।

सहभागीलाई निःशुल्क प्रवेशको व्यवस्था थियो भने विभिन्न सांस्कृतिक कार्यक्रममा हिमालयन रक फिल्ड ब्याण्डका सुलभ मास्के र साथीहरुको टिमले सहभागीहरुलाई सांगितिक मनोरञ्जन दिएको थियो भने डिजे उज्वल खड्का हृदय दाहालले दर्शकलाई नचाएका थिए ।

एक आपसमा रंग  दलेर एकअर्का वीच सद्भावन साटेका थिए । महोत्सवले एकअर्का वीच सद्भाव पुनर्मिलन समेत गराएको थयो ।  सोसाईटीका अध्यक्ष नवराज मुडभरीले आगामी वर्षहरुमा पनि नेपाली मौलिक परम्पराका पर्वलाई यसैगरी मनाईने बताउनुभयो ।

महोत्सवको प्रमुख स्पोन्सर एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज होबार्ट र करी हाउस मउव्रेले गरेको थियो ।