MENU

न्यू साउथ वेल्समा एचएससी परीक्षा शुरू; अभिभावकहरुका लागि पाँचवटा सुझाव

2020 HSC exams

सिड्नी ।  अस्ट्रेलियामा बाह्र बर्षको विद्यालय शिक्षाको अन्तिम बर्षको परिक्षा अर्थात एच एस सी को लिखित परीक्षा  मंगलबारबाट  शुरू भएको छ । । सो परीक्षा कोरोना भाइरस महामारीका कारण प्रभावित भएको थियो ।

कोरोना भाइरसका कारण एक हप्ता ढिला गरी सुरु गरिएको परीक्षाको पहिलो दिन अंग्रेजी (स्टान्डर्ड, एडभान्सड तथा अंग्रेजी अतिरिक्त भाषा) को परीक्षा मंगलबारबाट सुरु भएको हो ।

त्यसैगरी, दोस्रो दिन दोस्रो अंग्रेजी तथा संगीतको परीक्षा हुने जनाइएको छ । विहिबार इतिहास, बिजनेस स्टडिज, निर्माण, पर्यटन तथा अन्य भाषाका परीक्षाहरु हुने तालिका रहेको छ । त्यसैगरी, शुक्रबार अनुसन्धानात्मक विज्ञान, अर्थशास्त्र, फ्रेन्च जस्ता बिषयको परिक्षा हुनेछ । परिक्षा नोभेम्वर ११ तारिखसम्म चल्नेछ ।

एच एस सी को परीक्षालाई जहिलेपनि तनावपूर्ण रुपमा लिइने भएपनि विश्वव्यापी महामारी तथा कक्षाकोठाबाट करिब दुई महिना टाढा रहेका विद्यार्थीहरुलाई यस बर्ष थप दवाव दिएको छ ।

मानसिक स्वास्थ्य परामर्शदता तथा एसोसियट प्रोफेसर इवी कोकोडियाले अभिभावकहरुले आफ्ना बच्चालाई परीक्षाको समयमा सहयोग गर्न सक्ने विभिन्न पाँचवटा उपाय सुझाएका छन् ।

१. पढाई र जीवनबीचको सन्तुलन

अधिकांशका लागि एस एस सी सबैथोक भए जस्तो लाग्ने र विद्यार्थीहरुले आफ्नो अधिकांश समय पढाईमा मात्र बिताउने हुन्छ । तर पढाई र जीवनबीचको सन्तुलन कायम गर्नु आवश्यक छ । यसका लागि अभिभावकले विद्यार्थी साथ दिनु पर्छ ।

२. आफ्नो दिनहरुको संरचना मिलाउनु होस

तनावको अवस्था बढ्दै गएपछि दिनहरुलाई केही संरचनामा ढाल्नु आवश्यक हुन्छ । यसको मतलव स्वस्थ र सकारात्मक पढाईको अनुभवलाई छुट्याउनु पर्नेहुन्छ ।

३. योजना ए र योजना बि बनाउनु

परिक्षा सकिएपछि के गर्ने भन्ने बारे विद्यार्थी र अभिभावकले शैक्षिक संस्था र व्यावसायीकतालाई लिएर वैकल्पिक योजनाहरु बनाउनुपर्ने हुन्छ ।

 ४. सयम व्यवस्थापनमा ध्यान दिनुहोस र आफ्ना उपायहरुप्रति विश्वस्त रहनुहोस

अधिकांश विद्यार्थीहरुले सोच्छन कि उनीहरुसँग पर्याप्त समय छैन भनेर तर समयमै पढाई सक्ने तथा राम्ररी तयारी गरेमा घडीसँग सँगै दौड लगाउनु पर्ने छैन ।

५. व्यायाम र उचीत खानपान

पढ्नु र परिक्षा दिनु तनावपूर्ण समय हुन सक्छ त्यसैले परिक्षामा राम्रो गर्न दिमाग र शरिरका लागि उचित खानपान तथा व्यायाम गर्नु आवश्यक छ । व्यायामले मुड ठिक गर्न तथा पढाईमा सहयोग गर्ने गरेको कोकोडियाले बताए ।

यो बर्ष एच एस सी परिक्षा दिने सबै विद्यार्थीहरुलाइ हाम्रो शुभकामना ।