MENU

क्विन्सल्याण्ड राज्यको टोअम्बामा नोभा टि १० कप क्रिकेट हुने

Toowoomba Nepalese cricket Club

टोअम्बा । क्विन्सल्याण्ड राज्यको ग्रमिण शहर टोअम्बामा पहिलो पटक टि १० कप क्रिकेट प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता यही ११ अप्रिल आईतवार न्यु टाउन पार्कमा हुने बताइएको छ ।

नोभा नेप्लिज क्रिकेट क्लब टोअम्बाका अध्यक्ष एवं क्यप्टेन पुकार घिमिरेका अनुसार १० ओभरमा हुने यो प्रतियोगितामा राज्यका ८ वटा क्बलहरु सहभागि भएका छन् ।

आठवटा क्लहरुमा नोभा नेप्लिज क्रिकेट क्लब टोअम्बा, एक्सपर्ट क्रिकेट क्लब ब्रिसबेन, राइनो क्रिकेट क्लब ब्रिसवेन, ब्राईटन ब्रिसवेन नेप्लिज क्रिकेट क्लब, साफायर क्रिकेट क्लब ब्रिसबेन, ब्रिसबेन युनाइटेड, नेप्लिज क्रिकेट क्बलब अफ सनसाइन कोष्ट र हिमालयन क्रिकेट क्लब उक्त प्रतियोगितामा सहभागि भएका छन् ।

प्रतियोगितामा पहिलो हुने क्लबले एक हजार डलर पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले ट्रफि र मेडल पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर र बेस्ट ब्यास्टम्यनले पनि ट्रफि प्रप्त गर्ने अध्यक्ष घिमिरेले बताए ।

नोभा एजुकेसन एण्ड माइग्रेसनले आगामी पाँच बर्षको लागि क्लबलाई मुख्य प्रयोजन गरेको क्लबका अध्यक्ष घिमिरेले जानकारी दिए ।