MENU

बेलायतकी विदेश सचिवको महंगो अस्ट्रेलिया भ्रमण, करदाताको पैसा दुरूपयोग गरेको भन्दै बेलायतमा आक्रोश

बेलायतकी विदेश सचिव लिज ट्रसले निजी विमान अस्ट्रेलिया लैजान करदाताको पैसा चरम दुरूपयोग गरेको आरोप लागेको छ ।

जनवरी २० मा विदेश सचिव ट्रसले बेलायतबाट दुबई र मेलेसियाको क्वालालम्पुर हुँदै सिड्नी पुग्नको लागि एयरबस ए–३२१ निजी विमान प्रयोग गरेकी थिइन् ।

विदेश सचिव ट्रसको यात्रामा पाँच लाख पाउण्ड (करीब नौ लाख ४८ हजार ४१६ अस्ट्रेलियन डलर) खर्च भएको बताइएको छ । जुन बेलायतबाट सिड्नीसम्मको व्यवसायीक उडानभनदा निकै धेरै महङ्गो खर्च हो ।

अस्ट्रेलियामा ट्रसले आफ्नो समकक्षी विदेश मन्त्री मरिस पेन र रक्षामन्त्री पिटर डटनसँग संवाद गरेकी थिइन ।

विदेशी सचिवको महंगा यात्राको विषयलाई लिएर बेलायतका जनता आक्रोशित भएका छन् । केहीले बेलायतका राजनीतिक नेतृत्वलाई सुविधा भोगी भेनर आलोचना पनि गरेका छन् ।

जनताले आक्रोश व्यक्त गरेपछि बेलायतको विदेश कार्यालयले विदेश सचिवको यात्रा कानूनी परिधिभित्रै रहेको र प्रनिधिनिधि मण्डललाई निजी विमान प्रयोग गर्ने अनुमित भएको बताएको छ । त्यसबाहेक, संवेदनशिल सुरक्षा मामलामा निजी छलफल गर्न पनि अनुमति भएको भनेको छ ।

ट्रस सिड्नी जाने सयमा सबै व्यवासायीक उडान बुक भइसकेको र निजी उडानमा जानु परेको समेत उल्लेख गरेको छ ।

आवश्यक परेको खण्डमा चाडै स्वदेश फर्किन समेत सहयोग हुने भएकोले पनि निजी विमान प्रयोग गरेर ट्रस सिड्नी गएको बेलायतको विदेश कार्यालयले प्रस्ट्याएको छ ।