MENU

रिमोटबाट झण्डोत्तोलन गरी एमाले महाधिवेशन उद्घाटन


काठमाडैं, १० मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ ।चितवन नारायणघाटको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरी महाधिवेशनको उद्घाटन गरेका छन् । झण्डोत्तोलनपछि एमाले अध्यक्ष ओलीले एकसिङ्गे गैँडाको मस्कटको अवलोकन गरेका छन् ।

उद्घाटन समारोहमा देशका विभिन्न ठाउँबाट एमालेका हजारौँ नेतारकार्यकर्ता उपस्थित भएका छन् । उद्घाटनअघि चितवनका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निस्किएको थियो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्नेछन् ।यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनको सुरक्षामा १५ सयभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।