MENU

तस्बिरमा यस्तो देखियो नारायणाी किनारमा एमाले महाधिवेशन

UML party's 10the General Convention in Chitwan Nepal

चितवन- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ। शुक्रबार एक भव्य समारोहको आयोजना गरेर एमालेले उद्‌घाटन सत्र सम्पन्न गरेको छ।

बन्द सत्र शनिबार सुरु हुनेछ। आइतबार महाधिवेशन सक्ने एमालेको तयारी छ। एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित (पछि मनोनीत सदस्यसहित) केन्द्रीय कमिटीको अन्तिम बैठक पनि आजै बस्दैछ।

शुक्रबार भएको बन्द सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, माओवादी केन्द्रका नेता लिलामणि पोखरेललगायतले शुभकामना सम्बोधन गरे।

यस्तै, भारतलगायत ४ छिमेकी देशका विभिन्न पार्टीका प्रतिनिधि पनि एमाले महाधिवेशनमा सहभागी भएका थिए। उद्‌घाटन समारोहमा पाँच लाख भन्दा धेरै जना सहभागी भएको एमालेको दाबी छ।

हेर्नुहोस् थप तस्बिरहरू स्राेत नेपालका संचारमाध्यमहरू: