अस्ट्रेलियाको मेलबोर्नमा शुक्रवार एक महिलाले युनाइटेड अस्ट्रेलिया पार्टीका राजनीतिकर्मी क्रेग केलीको टाउकोमा अण्डा फुटाएकी छन् । केली हिटलरको प्रेमी भएको आरोप लगाउँदै महिलाले आक्रमण गरेकी हुन् ।
घटनाको भिडियो फूटेजमा महिलाले केलीको टाउकोको पछाडिको भागमा अण्डा फुटाएको देखिन्छ । नाजीहरूसँग घुलमिल बन्द गर भन्दै उनले चिच्याएको पनि सुनिन्छ ।
टाउकोमा अण्डा परेपछि केली चिच्याउँछन्, ‘तिमी लोकतन्त्रका लागि अभिशाप हौं । यहाँबाट गइहाल ।’
भिक्टोरिया प्रहरीले घटनाको अनुसन्धान गरिरहेको पुष्टि गरेको छ ।
“युनाइटेड अस्ट्रेलिया पार्टीका प्रमुख क्लाइभ पाल्मरले महिलाका विरुद्ध मुद्दा चलाउने बताएका छन् । सांसदले बाटोमा हिँड्दा यसरी आक्रमणको सामना गर्नु अनि आक्रमणकारीमाथि कारवाही नहुनु निन्दनीय कुरा हो” उनले भने ।
You’ll always lose in Melbourne. Neo nazis sympathisers, misogynists and anti-semites are not welcome here. Pack up your cooker show #CraigKelly
A timely reminder a vote for the UAP is a vote for the Liberal Party. Disrupt the bastards wherever they go! #auspol #EveryEggCounts pic.twitter.com/PWLgWBOwzy
— WACA (@akaWACA) April 8, 2022