MENU

चमोली विपत्तिमा अझै जीवितै उद्धारको आश, रातदिन ६०० बढी सुरक्षाकर्मी तैनाथ


भारतको उत्तराखण्डस्थित चमोलीमा आइतवार हिमनदी फुट्दा आएको विपत्तिमा धेरै व्यक्ति बेपत्ता भएका छन् ।

हालसम्म ३२ जनाको शव फेला परेको छ भने १९७ जना बेपत्ता भएका हुनसक्ने तथ्यांक निकालिएको छ ।

घटना भएको चौथो दिन समेत उद्धारको काम जारी रहेको छ । रातदिन नभनेर भारतीय सुरक्षा निकायका ६०० भन्दा बढी सुरक्षाकर्मी लगातार खोज तथा उद्धारमा खटिएका छन् ।

सुरक्षाकर्मीले खोज तथा उद्धार सँगसँगै प्रभावित क्षेत्रका गाउँगाउँमा पुगेर स्थानीयलाई खाना औषधि र अत्यावश्यक सामग्री उपलब्ध गराइरहेका छन् । हराइरहेका व्यक्तिहरूको अझै जीवितै उद्धार गर्न सकिने आश समेत गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षाकर्मीको मेहनत र लगनप्रति उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले धन्यवाद दिएका छन् ।

एनटीपीसीको तपोवन–विष्णुगढ परियोजनाको २.५ किलोमिटर लामो सुरुङमा २५–३५ जना रहेका छन्, ती व्यक्तिलाई बाहिर निकाल्न उद्धारको काम जारी रहेको जनाइएको छ । सुरुङमा जलस्तर लगातार बढ्दै गइरहेको छ ।