MENU

भ्यालेन्टाइन गुलाफ

Pratiksha Regmi Red Roses Valentine's

सर्लक्क परेको त्यो हरियो हाँगा
हाँगामाथि दुईवटा पात
दुई पात माथि चटक्क परेको
कोपिलामा बढेको फूल बन्न बाँकि
दुई पाते टुप्पोमा त्यो रातो गुलाफ
न कतै घोच्ने न कतै दुखाउने
वाह त्यो भ्यालेन्टाइन गुलाफ

तिमीले दियौ मैले स्वीकारे
कसरी नकार्नु त्यो गुलाफ
खोट छैन कहिँ कतै
बिचित्रको त्यो भ्यालेन्टाइन गुलाफ

दिनसँगको रात अनि काडासँगको गुलाफ
पर्याय सोच्थे प्रकृतिको, तर
बिना काँडै फुल्ने बिचित्रको
अति सुन्दर त्यो भ्यालेन्टाइन गुलाफ
प्रकृतिलाई नै चुनौती दिने
कहिल्यै नओइलिएला जस्तो
अनौठो त्यो भ्यालेन्टाइन गुलाफ

त्यहि गुलाफबाट सुरु यो यात्रा
उतारचडाब खै कसरी आयो
सर्लक्क हरियो हाँगो सोचेको
हरेक पाइलामा काडाले चिथोर्दै गयो
अहिले अक्कल आयो
बिचित्रको त्यो काडा बिनाको गुलाफ
मात्र फ़्लोरिस्ट दाइको कमाइ थियो
मात्र उसको कमाई थियो ।

प्रतिक्षा रेग्मी पेशागत हिसाबले सुचना प्रबिधिको क्षेत्रमा बिशेषज्ञ हुन् । अस्ट्रेलियाको सिड्नीमा स्थायि रुपमा बसेर नेपाली सहित्य सृजनामा उनी सकृय छिन् ।