MENU

सरकारसँग पहुँच बढाउदै भिक्टोरियाको नेपाली समूदाय; एक लाख ३० हजार डलर सहयोग

  • भिक्टोरियन नेपाली कम्यूनिटी कोभिड – १९ रिलिफ टास्कफोर्सलाई ५० हजार डलर सहयोग 

  • दिदी बहिनी समाज भिक्टोरियाले  डिपार्टमेन्ट अफ प्रिमियर क्याबिनेट अन्तर्गत मल्टिकल्चरल टाक्सफोर्स मार्फत ५० हजार डलर 

  • जिलोङ नेप्लिज एसोसिएसनले १५ हजार डलर सहयोग 

  • अस्ट्रेलिया नेपाल पब्लिक लिंकलाई मेन्टल हेल्थ फस्ट एड कार्यक्रमका लागि १५ हजार डलर सहयोग 

Community Organisation logo

मेलबर्न । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य पछि दोस्रो बढी नेपाली बसोवास भएको भिक्टोरियामा रहेका नेपाली संघसस्थाहरुले कोभिड महामारीको समयमा राज्य सरकारसँगको पहुँच बढाएका छन् ।

महामारी कारण समस्यामा परेका नेपालीहरुलाई स्वयसेवी रुपमा सहयोग गरेका विभिन्न नेपाली संघसँस्था मार्फत भिक्टोरिया सरकारले हालसम्म कोभिड प्रभावित नेपालीको सहयोगार्थ एक लाख ३० हजार डलर दिने भएको छ ।

कसरी बढ्यो राज्य सरकारमा पहुँच ?

समूदायकै सहयोगमा समूदायको हितका नेपाली विभिन्न संघ सँस्थाहरुले यस अघि पनि कोरोना भाइरसको महामारीमा समस्यामा परेका समूदायका लागि सहयोग गर्दै आएका थिए । त्यसो त राज्यका बहुँसास्कृति मन्त्रीले नै कोरोना भाइरस महामारीका कारण नेपाली समूदायमा परेको प्रभाव बारे चासो लिएका थिए ।

गैर आवासीय नेपाली संघ भिक्टोरियाका संयोजक प्रेम कंडेल भन्छन, “नेपाली समूदायले पनि चुनावी अभियानमा साथ दिएर गुन लगाएका थियौं । त्यसैले अहिले सांसदहरुले नै सरकारी अनुदानको बारेमा नेपाली संघ सँस्थाहरुलाई जानकारी दिने गरेका छन । सबै भन्दा बढी बिद्यार्थी पठाउने तेस्रो मुलुक नेपाल जसले अस्ट्रेलियाको अर्थतन्त्रमा सहयोग गरी रहेको छ ।” कंडेल थप्छन, “हामीले यहाँको सरकारलाई स्पष्ट भनेका छौ त्यसैले पनि कोभिडको समयमा सरकारसंग हाम्रो सम्बन्ध अझ नजिकिएको छ ।”

दिदी बहिनी समाज भिक्टोरियाकी अध्यक्ष जमुना पराजुली पनि पछिल्लो समय भिक्टोरियाका नेपाली संघसँस्था माफर्त समूदायले सरकारी आर्थिक सहयोग पाउनु उदाहरणीय कार्यभएको टिप्पणी गर्छिन । हामीले यसअघि स्वयमसेवी रुपमा गरेको कामको मूल्यांकनको आधारमा राज्य सरकारले सहयोग गरेको जमुना बताउँछिन ।

जिलोङ नेप्लिज एसोसिएसनका अध्यक्ष निरज करणजीतले भने,  “पहिले हाम्रो कार्यक्रमा सांंदहरु बोलाउन अनुरोध गर्नुपथ्र्यो तर अहिले नेपाली समूदायप्रति यहाँका सांसदहरु यसरी नजिकीएका छन्की अहिले त उनिहरुले नै फोन गरेर तपाईहरुको कुनै कार्यक्रम भयो भने बोलाउनुहोस भन्न थालेका छन् ।” अस्ट्रेलियन सरकार, साँसद र नेताहरुको नेपाली प्रतिको सद्भवले हामीलाई अझ हौसल्ला मिलेको निरज बताउछन ।

अस्ट्रेलिया नेपाल पब्लिक लिंंका अध्यक्ष निराजन गौली भन्छन, “सरकारी अनुदान अघि पनि अस्ट्रेलियामा सक्रिय नेपाली संघसँस्थाहरुले महामारीको समयमा समूदायको हितका लागि कलेक्टिभ काम गरेका थियौ । त्यही कलेक्टिभ इफोर्ट आउटपुट देखेर राज्य सरकारले सहयोग दिएको हो । गैर आवासीय नेपाली संघ अस्टेलियाको अगुवाईमा यस अघिनै काम गरिसकेकाले सरकारी अनुदान हाम्रो काममा एउटा पार्ट मात्र हो ।”

यसैगरी गैर आवासीय नेपालीसंघ अस्ट्रेलियाका अध्यक्ष केशव कंडेल र भिक्टोरियाका महावाणिज्य दुत चन्द्र योञ्जनले पनि सरकारी अनुदानको स्वागत गरेका छन् ।

नेपाली समूदायसंग राज्य सरकारको आर्थिक साईनो

भिक्टोरियाको चुनावमा नेपाली समूदायको भोट पनि पछिल्लो समय निर्णयक मतका रुपमा हेरिन्छ । त्यसैले नेपाली समूदायको समस्या प्रति सक्ता पक्ष वा प्रतिपक्ष दलका नेताहरु नेपाली समूदायसँग नजिकिएने गरेका छन । त्यसकै फलस्वरुप पनि हुनसक्ने राज्य सरकारको आर्थिक साईनो ।

भिक्टोरियामा कोभिडको दोस्रो लहरका कारण करिव सय भन्दाबढी नेपालीमा संक्रमण देखिएको थियो भने हजार भन्दाबढी नेपाली विद्यार्थीहरु आर्थिक तथा वेरोजगारी समस्या झेलिरहेका छन् । उनीहरुलाई भिक्टोरियामा रहेका नेपालीसंघ सँस्थाहरुले आर्थिक तथा दैनिक उपभोग्यवस्तुहरुको सहयोग गर्दै आएका थिए ।

त्यसैले भिक्टोरियाका संघसँस्थाहरु मिलेर भिक्टोरियन नेपाली कम्यूनिटी कोभिड – १९ रिलिफ टास्कफोर्स गठन गरि राज्य सरकारसँग आर्थिक सहयोगका लागि पहल गरे ।

टाक्सफोर्समा गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोसिएसन, महावाणिज्य दुतावास भिक्टोरिया र अन्य संघ संस्थाहरु रहेका छन् । उक्त टाक्सफोर्सलाई राज्य सरकारले ५० हजार डलर सहयोग गर्ने भएको छ ।

त्यसैगरी दिदी वहिनी समाज भिक्टोरियाले पनि डिपार्टमेन्ट अफ प्रिमियर क्याबिनेट अन्र्तगतको मल्टिकल्चरल टाक्सफोर्स मार्फत ५० हजार डलर सहयोग पाउने भएको छ । जिलोङ नेप्लिज एसोसिएसनले १५ हजार र राज्य सरकारले अस्ट्रेलिया नेपाल पब्लिक लिंकलाई मेन्टल हेल्थ फस्ट एड कार्यक्रमका लागि १५ हजार दिने भएको छ ।

जिलोङ नेप्लिज एसोसिएसनले १५ हजार डलर पाँउने

भिक्टोरियाको क्षेत्रीय शहर जिलोडमा बसोवास गर्ने नेपालीहरुको एसोसिएसनले पनि राज्य सरकारबाट १५ हजार डलर अनुदान सहयोग पाउने भएको छ ।

जिलोड नेप्लिज एसोसिएसनका अध्यक्ष निरज करणजीतका अनुशार राज्य सरकारले उक्त क्षेत्रमा बसोसावस गर्ने कोभिड प्रभावित नेपालीहरुका लागि १५ हजार अनुदान सहयोग दिने भएको नेप्लिज अस्ट्रेलियनलाई बताए ।

Geelong Nepalese Association
File Photo

उक्त रकम प्राप्त हुन साथ कोरोना भाइरस रोकथामका लागि राज्य सरकारले बनाएका नीति नियमरुको समूदायस्तरमा जनचेतना फैल्याउन कार्यक्रम संचालन गर्ने , रोजगारी गुमाएका तथा आर्थिक समस्यामा परेका नेपाली समूदायलाई पुन प्रयोग गर्न मिल्ने पीपीई उपलब्ध गराउने, आर्थिक समस्या भएकाहरुलाई ग्रोसरी सपिड सहयोगलाई अझ बढाउने तथा एक सय जना विद्यार्थीहरुलाई ग्रोसरी सपिडका लागि आर्थिक सहयोग उपलब्ध गराउने र मानसिक स्वास्थय सम्बन्धी समूदाय स्तरमा विभिन्न खालका कार्यक्रमहरु संचालन गरिने अध्यक्ष करणजीतले जानकारी दिए ।

साथै उक्त एसोसिएसनले सेप्टेम्बर २५ मा कनेक्ट, कम्युनिकेसन, र केयर सम्बन्धी भर्चुअल अन्र्तरक्रिया गदैछ । जिलोडमा मात्र ३ सय ५० भन्दा बढी नेपालीहरु रहेका छन् ।