MENU

वेस्टमिडको नेपाली समाज: जहाँ हरेक दिन टेनिस र हरेक शनिबार फुटबल खेल्छन्

सिड्नी । पश्चिम सिड्नीको वेस्टमिडमा दक्षिण एसियाली समुदायबीच करिब दुइ सय नेपाली परिबार बसोबास गर्छन । यो समुदायलाई नेपाली समुदाय भित्रको राजनीतिक हावाले भने छोएको छैन । तर सबै सामाजिक काममा नेप्लिज कम्युनिटी इंन सिड्नी-वेस्टमिड सहभागि हुने गर्दछ ।

रुची र समय भएका पचासौ युबा हरेक साँझ टेनिस खेल्छन । र, हरेक शनिबार फुटबल खेल्छन । सन् २०१५ मा टेनिस र फुटबल खेल ब्यबस्थित गर्न नेपालीहरुले वेस्टमिड टेनिस क्लब र वेस्टमिट टाइगर्स फुटबल क्लब निर्माण गरेका छन्  ।

वेस्ट मिट नेपाली समाजका सदस्य दीपक क्षेत्रिका अनुसार गत शनिबार मेरिल्यान्ड्स नजिकैको सेन्ट्रल गार्डेन रिजर्बमा बनभोज सहित टेनिसका फाइनल खेलहरु भए । नेपाली समाजका तिनै पुस्ताको सहभागिता भएको उक्त जमघट निकै महत्वोको थियो ।

एघार बर्षको उमेर देखि टेनिस खेल्न थालेका बिस बर्षीय अस्ट्रेलियन टेनिस खेलाडी माथ्यु जेम्सले उक्त कार्यक्रमा उपस्थित भएर नेपाली समुदायका टेनिस प्रेमी बालबालिका र युबाहरुलाई टेनिस खेल बारे प्रशिक्षण दिएका थिए ।

अस्ट्रेलियन टेनिस खेलाडीसँग सबर्बमा बस्ने नेपाली टेनिस खेल प्रेमीहरुलाई  प्रशिक्षण अवसरको  संयोजन ओसियाना क्षेत्रका नेपालीहरुलाई खेलकुदका माध्यमबाट जोडिरहेको नेपलिज रिक्रियशनल क्लब (एनआरसी)ले गरेको थियो  ।

शनिबार आयोजित बिगीनर्स तर्फको अन्तिम टेनिस खेलमा दीपक क्षेत्री बिजेता भएका थिए भने उपविजेता राजन जिसी भए । त्यस्तै इन्टर मिडियट तर्फको अन्तिम खेलमा ज्योति पाण्डे बिजेता र सुजन श्रेष्ठ उपविजेता भए  । हाल वेस्ट मिट टेनिस क्लबमा तिस जना खेलाडी आबद्द छन् ।

खेलाडीहरुलाई ट्रफी वितरण गर्दै बधाई तथा सुभकामना दिदै हौशला बढाउन एन आर सीका भुतपूर्व  अध्यक्ष बिष्णु हमाल र बर्तमान अध्यक्ष सुबर्ण शर्मा शनिबारको बार्षिक टेनिस टुर्नामेन्ट तथा बनभोज कार्यक्रममा  उपस्थित थिए ।

वेस्टमिड टाइगर्स फुटबल क्लबमा ५० जना खेलाडी

वेस्टमिड टाइगर्स फुटबल क्लबमा करिब ५० जना नेपाली युबा फुटबल खेलाडी सदस्य छन् र उनीहरु  प्रत्यक शनिबार बिहान फुटबल खेल्छन ।  यो क्लबले सिड्नीमा बार्षिक फुटबल टुर्नामेन्ट पनि आयोजना गर्दछ ।

वेस्टमिडको नेपाली समुदायले दशैँ तिहार, तीज, नयाँबर्षमा सुभकामना आदानप्रदान कार्यक्रम राख्दा बिगत बर्षमा करिब  चार सय नेपाली  उपस्थित हुन्थे  । यो बर्ष भने महामारीका कारण सबै कार्यक्रम रद्द भए ।

महामारीबाट समस्या परेका करिब एक सय पचास बिध्यार्थिलाई सहयोग गर्नुका साथै र डढेलोका बेला पनि वेस्टमिडका नेपालीले सहयोग गरेका थिए  । गैर आवाशीय नेपाली संघले आयोजना गर्ने अविभावक पिकनिकमा अविभावकलाइ समन्योय गर्ने काम पनि उक्त समाजले गरेको थियो ।