MENU

डब्लूएचओका महानिर्देशक टेड्रोसलाई नेपालले दोस्रो कार्यकालका लागि पनि सघाउने

WHO Director General Dr. Tedros Adhanom Ghebreyesus at TIA, in Kathmandu, on Thursday.
World Health Organisation (WHO) Director-General Dr. Tedros Adhanom Ghebreyesus at TIA, in Kathmandu, on Thursday.

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससबीच भेटवार्ता भएको छ । तीन दिने भ्रमणका क्रममा आजै काठमाडौं आइपुगेका डब्लुएचओका महानिर्देशक टेड्रोस र स्वास्थ्य मन्त्रीबीच खतिवडाबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा मन्त्री खतिवडाले डब्लुएचओका महानिर्देशक टेड्रोसलाई दोस्रो कार्यकालको लागि पनि नेपालको तर्फ मनोनयनमा समर्थन गर्ने जानकारी दिएका थिए ।

मन्त्री खतिवडाले भने ‘दोस्रो कार्यकालको लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं । आफ्नो महत्त्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौँ ।’

नेपाल डब्लूएचओसँग आवद्ध भएदेखि नै डब्लूएचओसँग उत्कृष्ट कार्यात्मक सम्बन्ध रहिआएको मन्त्री खतिवडाले बताएका छन् । नेपाली जनताको स्वास्थ्य आवश्यकताहरु सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा डब्लूएचओको नेपालस्थित कार्यालय, क्षेत्रीय कार्यालय र सिङ्गो डब्लुएचओलाई मन्त्री खतिवडाले भेटका क्रममा धन्यवाद दिएका छन् ।

नेपालमा डब्लुएचओका महानिर्देशक र दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल एकै पटक सँगै आइपुगेका हुन् ।