MENU

एनआरएनए तास्मानियामा कसको पल्ला भारी ?

होबार्ट । एनआरएनए अस्ट्रेलियाको चुनावी काउन्ट डाउन शुरु  हुँदै गर्दा समुन्द्रपारीको राज्य तास्मानियामा दुवैपक्षले जितको दावी गरेका छन् ।  समावेशी समुहको नेतृत्व गरेका राज्य संयोजक पदका उम्मेद्वार सन्देश परियार र साझा एनआरएनए समुहका राज्य संयोजक पदका  उम्मेद्वार राकेश शाक्यले चुनावी परिणाम आ–आप्नै पक्षमा आउने दावी गरेका छन् । तर, दुवै समुहका उम्मेद्वारहरुले भने ‘जिते सहकार्य, हारे सद्भाव’ रहने प्रतिवद्ता जनाएका छन् ।

शनिवार होबार्ट, आइतवार लनचेस्टन र सोमबार डेभनपोर्टमा मतदाता भेटघाट कार्यक्रममा साझा एनआरएनए समुहबाट तास्मानियाका राज्य सचिव पदका उम्मेद्वार लोकेन विष्टले चुनावी परिणाम पछि तास्मानियामा कुनै समुह नरहने बताउदै हारजित स्वीकार  गर्दै समुदायको सेवामा खट्ने प्रतिवद्ता  जनाए । यदी आप्नो समुहले जिते विगतको नेतृत्वले शुरुगरेका कामलाई निरन्तरता दिने बताए ।

यसैवीच समावेशी समुहका संयोजक पदका उम्मेद्वार सन्देश परियारले आप्नो समुहको जितहुने दावी गर्दै समुदायसंग सहकार्य गर्दै अघि बढ्ने बताए । सचिव पदका उम्मेद्वार प्रदिप पोख्रेलले नेप्लिज अस्ट्रेलियनसंगको कुराकानीमा चुनावी परिणामलाइ  स्वीकार गर्नुको विकल्प नरेको बताउदै  चुनावपछि  सवैसंग हातेमालो गर्दै अघि बढ्ने बताए ।

चुनाव नजिकिदै गर्दा दुवै समुहको दौडधुप

झण्डै दुइ बर्ष होबार्ट केन्दित गतिविध गरेका दुवै समुहका उम्मेद्वारहरु चुनाव नजिकिदै गर्दा होबार्ट छाडेर तास्मानियाका ग्रामिण क्षेत्रका मतदातासंग भेटघाटमा निस्किएका थिए ।  उनीहरुले यही रफ्तारलाई  चुनाव जितेपछि पनि कायम राख्ने हो भने एनआरएनए प्रति आम नेपाली समुदायको विश्वास बढ्ने सो क्षेत्रका मतदाताले बताए थिए । तास्मानियाका दुवैसमुहले होबार्ट देखि डेभनपोर्टसम्म  मतदाता भेटघाट कार्यक्रम आयोजना गरेका थिए।

निर्वान आयुक्तबाट पुनमको राजीनामा

एनआरएनए तास्मानियाको निर्वाचन आयुक्तको नियुक्ति विवादमा परेपछि निर्वाचन आयुक्तका लागि  नियुक्त भएकी पुनम पन्तले पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन । उनले राजीनामा पछि भनेकि छन ” प्रतिशोधका आधारमा मेरो नियुक्तिलाई विवादमा पारेकाले निर्वाचन आयुक्तबाट राजिनामा दिन बाध्य भए। ”

तर, एनआरएनले तास्मानियाले भने विधि र प्रक्रिया मिचेर गरिएको आयुक्त नियुक्तिलाई विधान विपरित भएको दावी गरेको थियो ।