MENU

वर्षा र बाढीका कारण एन एस डब्लुमा जनजीवन प्रभावित; हजारौ मानिसलाई सुरक्षित स्थानमा सारियो

सिड्नी । अस्ट्र्रेलियाको न्यू साउथ वेल्स राज्यमा अविरल बर्षातका कारण जनजीवन प्रभावित भएको छ । शुक्रबार राति देखि परेको वर्षातले राज्यका विभिन्न स्थानमा  बाढी आएपछि स्थानियहरुलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ । राज्यको मौसम थप खराब रहने भएको छ र मौसम बिभागले मंगलवार सम्म मौसममा सुधार नहुने चेतावनी दिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुशार आगामी १२ देखि १८ घण्टासम्म वर्षा बन्द नहुने जनाएको छ र यसबाट मध्य उत्तरी तटीय क्षेत्र, ब्लु माउन्टेन्स र त्यस वरपरको क्षेत्रहरु जस्तै पश्चिमी सिड्नी तथा नदर्न रिभर्स र इलावारा, सिड्नी महानगर बढी प्रभावित हुने जनाइएको छ । शनिबार नै राज्यको विभिन्न भागबाट हजारौ मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

बाढीका कारण घर बग्यो

सिड्नीको उलाहरामा वर्षाका कारण पर्खाल भत्कीएपछि चार घरका मानिसहरुलाई उद्धार गरिएको थियो । राज्यको टारीमा अत्यधिक जलप्रवाहले एक घरलाई नै बगाएको थियो भने सयौ घर तथा व्यापारीक घरहरु क्षतिग्रस्त भए । साँझ ३ बजे क्षमता पुगेपछि वारागाम्बा बाँधको क्षमता बढाएको थियो र यसलाई थप बढाइने सम्भावना रहेको बताइएको छ । रातभरीमा सिड्नीको विभिन्न क्षेत्रमा एक सय मिलिमिटर भन्दा बढी वर्षा भएको थियो तर सबैभन्दा भारी वर्षा पिक्टोन र ओकडालेमा भएको थियो जहाँ १६० मिलिमिटर वर्षा मापन गरिएको छ ।

पानी आझै नरोकीने

आइतबार साँझदेखि मंगलबारसम्म न्यू साउथ वेल्सको विभिन्न क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएको छ । बुधबारबाट मौसममा सुधार हुने बताइएको छ । नदर्न रिभर्स, मध्य उत्तरी तटीय क्षेत्र, हन्टर, सिड्नी महानगर, इलावारा र सेन्ट्रल टेवलल्याण्डसमा बाढी आउने चेतावनी दिइएको छ । हन्टर र मध्य उत्तरी तटमा उद्धार केन्द्र स्थापना गरिएको छ ।

खोप वितरण कार्यक्रम प्रभावित हुन सक्ने

संघीय अर्थ मन्त्री सिमोन बर्मिघमले बाढी तथा खराब मौसमका कारण कोभिड—१९ को खोप कार्यक्रमका के कती असर गर्ने भन्ने सुनिश्चित नभएको बताए । सोमबारबाट देश व्यापी रुपमा खोप कार्यक्रम सुरुवात हुने छ । बर्मिघमले न्यू साउथ वेल्सले खराब समयको समाना गरिहेको बताए ।

उडान पनि प्रभावित

एरपोर्टका सडकहरु बाढीका कारण काटिएपछि  कान्टास उडानहरू रद्द गरिएका छन् । उडान रद्द भएपछि होलिडेको टिकट लिएका सयौ यात्रुहरु प्रभावित भएका छन् ।

यता उत्तरी रिचमंडको हक्सबरी नदीमा ठूलो बाढी आएको छ । आइतबार बिहान नदीको सतह बढ्दै  गएको छ । गत बर्षको फेब्रुअरीमा पनि बाढी आएको कारण विन्डसर र रिचमण्ड पुल २८ बर्ष पछि पहिलो पटक  डुबेको  थियो । जल तथा मौसम  विज्ञान विभागका अनुशार यो  साता सबैभन्दा खराब प्रभावित क्षेत्रहरू मध्ये पोर्ट मकक्वेरी भएको छ ।

सरकारको चासो

प्रधानमन्त्री स्कट मरिसनले सुरक्षाकर्मीको सहयोग चाहिएको खण्डमा न्यू साउथ वेल्सलाई सो सहयोग उपलब्ध गराइने स्पष्ट पारिसकेका छन् । सो क्षेत्रमा बस्ने स्थानीयहरुलाई संम्भावित प्रकोपबाट बच्न सचेत गराईएको छ । न्यु साउथ वेल्सी राज्य प्रिमियरले  बाढीको संम्भावित खतराबाट बचाउन प्रहरी र  इमर्जेन्सी सर्भिसका कर्मचारीहरु बाढी प्रभावित क्षेत्रमा खटिएको जानकारी दिएकी छन्  ।