MENU

सिड्नीमा महिला सशक्तिकरण र नेतृत्वमा महिला बारे अन्तरक्रिया

सिड्नी । नेपालकी बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपाली महिलाको हकहितकालागि काम गरेर देखाउने बेला भएको बताएकी छन् ।

नारी निकुन्ज अस्ट्रेलियाले शनिबार १४ नोभेम्बरमा आयोजना गरेको वेबिनारमा बोल्दै उनले अहिले नेपालमा महिला न्यायाधिश, महिला प्रहरी र महिला नेतृ चाहिएको बताईन । सबै क्षेत्रको नेतृत्वमा महिला अगाडी नआएसम्म महिला माथिको उत्पीडनको अन्त्य नहुने उनको राय थियो ।

कार्यक्रममा नेपालमा सकृय सामाजिक अभियन्ता लिली थापाले इतिहासमा नेपाली महिलाले समाज रुपान्तरणमा गरेको योगदानको उचित मुल्यांकन हुन बाँकि रहेको बताइन । उनले भनिन, “नेपाली समाज यो अबस्थामा आइपुग्न बिभिन्न मोडमा महिला नेतृत्वको भूमिका छ तर उनीहरुको इतिहास छैन ।” उनले अब इतिहास हिस्टोरी होइन हरस्टोरीका रुपमा पनि लेखिनु पर्ने बताईन ।

अस्ट्रेलियामा बिगत डेड दशक देखि कानून ब्यबशाय गरिरहेकी अस्ट्रेलियन नेपाली सोलिसिटर बुनु गौतमले आफ्नो काममा धैर्यता पुर्बक निरन्तर लागेमा सफलतामा पुगिने बताइन । उनले नेपाल र अस्ट्रेलियामा कानूनी क्षेत्रमा महिला नेतृत्वको तुलनात्मक खाका प्रस्तुत गर्दै अझै नेतृत्व बिकासको आशा गर्ने ठाउँ बाँकि रहेको बताइन ।

नारी निकुन्ज अस्ट्रेलियाकि अध्यक्ष सन्ध्या शाहको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघका संरक्षक शेष घले, उपध्यक्ष मन खत्री, नारी निकुन्जकि सस्थापक रन्जु वाग्ले, गैरआवासीय नेपाली संघ ओसियाना क्षेत्रिय संयोजक होम पाण्डे, एन आर एन अस्ट्रेलिया अध्यक्ष केशव कंडेल लगाएतको उपस्थिति थियो ।

नारी निकुन्ज अस्ट्रेलियाले नेपालका दुर्गम क्षेत्रमा आङ (पाठेघर) खस्ने समस्या भएका महिलालाइ उपचारका लागि सहयोग गर्ने अध्यक्ष सन्ध्या शाहले जानकारी दिइन ।