MENU

नेपालको संसदमा संविधान संशोधन विधेयक पेश

नेपाल सरकारले संविधान संशोधन बिधेयक संसदमा पेश गरेको छ।

आइतबार संसद बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन बिधेयक पेश गरेकी हुन्।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर अध्यावधिक गरेको नयाँ नक्शा जारी गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्शालाई पनि सोहिअनुसार परिमार्जन गर्न संविधानको दोश्रो संशोधन बिधेयक संसदमा पेश गरिएको हो ।

यसअघि जेठ १४ गते संसदको कार्यसूचीमा राखेपछि पनि नेपाली कांग्रेसले सो विषयमा पार्टीमा छलफल गर्न समय माग गरेको भन्दै सूचीबाट हटाइएको थियो।

कांग्रेसले शनिबार संविधान संशोधनको पक्षमा मत हाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।