MENU

नेपालमा कोरोना भाइरस संक्रमित संख्या ९९ पुग्यो, पर्सामा १७ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ।

यीमध्ये २२ जना निको भएर घर फर्किसकेका छन्।

स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङका क्रममा बुधबार पर्सामा १७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको जानकारी दिएको हो।

कोरोना भाइरस संक्रमित २ महिनादेखि ६६ वर्षसम्म उमेर समूहका छन्।

बुधबार संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष छन्।

उनीहरु सबै वीरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो।