MENU

यस्तो देखियो मर्मत पछि ब्रिसबेनको नेपाली पेगोडा (फोटो फिचर)

ऋषि आचार्य
ब्रिसबेन
ब्रिसबेन नदी किनारमा आस्थित नेपाली शान्ति पेगोडा मर्मत पछि सर्वसाधारणको लागि खुल्ला गरिएको छ । साउथ बैङ्स कर्पोरेसनले फेब्रवरी महिना देखि पेगोडा मर्मत शुरु गरेको थियो ।

आज भन्दा ३२ बर्ष अघि सन् १९८८ मा ब्रिसबेन शहरमा भएको वल्ड एक्सपो ८८ मा नेपालले यो सुन्दर पेगोडा शैलीको पशुपतिनाथ मन्दिर, बौद्ध विहार र अन्य कलाकृतिहरु उपहार स्वरुप ब्रिसवेन शहरलाई छोडेको थियो । तिन दशक पछि नेपाली पेगोडाको पहिलो पटक मर्मत भएको हो ।

The Nepalese Peace Pagoda Brisbane has re-opened to the public

नेपाली पेगोडाको पित्तलको छाना टल्काउने, मन्दिरको चर्किएको गार्हो मर्मत गर्ने, मन्दिरका कलात्मक आँखीझाल, काठका थाम, दलिन, ढोका, झ्यलहरु अन्य काष्ठकलाहरुमा रङ लगाउने कार्यहरु भएका छन् । मन्दिरको मुलद्धारसम्म अपाङगता भएकाहरु पनि पुग्न सक्ने गरि र्याम्प बनाइएको साउथ बैङ्स कर्पोरेसनले जनाएको छ ।

क्विन्सल्याड नेप्लिज कल्चरल सेन्टरका अध्यक्ष हरी खड्काका अनुसार नेपाली शान्ति पेगोडाको साँस्कृतिक महत्वलाई कसरी कायम राख्न सकिन्छ भनेर साउथ बैङ््स कर्पोरेसनले मर्मत कार्य अघि देखिनै स्थानिय नेपाली समुदायको परामर्श शुरु गरेको थियो । क्विन्सल्याड नेपाली समुदायसँग सहकार्य गरेर यही ३० मे शनिवार यो मन्दिरको भब्य सर्वाजनिक गर्ने कार्यक्रम कोरोना भाइरसको प्रकोपका कारण अक्टोवर महिनाका लागि सारिएको खड्काले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

क्विन्सल्याड नेप्लिज कल्चरल सेन्टरका सचिव नारयण पन्थीका अनुसार अक्टोवरमा हुने मन्दिरको उद्घाटन समारोहमा नेपाली पारम्परा अनुसार मूर्ती स्थापना र धार्मीक विधी अनुसार पुजापाठ हुने छ । साथै उक्त कार्यक्रममा नेपालको तराई देखि हिमाल सम्मका विभिन्न कला र संस्कृति झल्कने झाँकीहरु उक्त प्रस्तुत गरिने छ ।

ब्रिसवेन सहरले अहिले नगर क्षेत्र भित्रकै आकर्षक ल्याण्ड मार्कको रुपमा यो नेपाल शान्ति पेगोडालाई संरक्षण गरिरहेको छ । पेगोडाको प्रवेश द्धारमा दुईवट सिंहहरु छन् भने मुख्य मन्दिरको दायाँ बायाँ तिन तले पेगोडा शैलीकै दुइवटा मन्दिरहरु छन् । नेपाली शान्ति पेगोडा नाम दिइएको यो स्थान ब्रिसवेन शहरको भिडभाड र कोलाहलबाट निसासिएकाहरुको पहिलो रोजाइको गन्तब्य हुने गरेको छ ।

Recently renovated Nepalese Peace Pagoda Brisbane Photo: South Bank, Brisbane

यो पेगोडा शैलीको स्मारक हिन्दु मन्दिर जस्तो देखिएपनि मन्दिर भित्र भने बुद्धको ध्यन गरिरहेको मूर्ती राखिएको छ । त्यसैले यो पेगोडालाई शान्ति पेगोडा भनिएको स्थानियको तर्क रहेको छ । हिन्दु र बौद्ध दुबै धर्म तथा संस्कृति बचिको हार्मोनी देखाउन यो गरिएको व्रिसवेन सिटी काउन्सिलले जनाएको छ । सथै पश्चिमा लोकेश्रवर महादेवको मूर्तीपनि रहेको छ । ब्रिसवेन बासी नेपालीहरु नेपालबाट आफन्त आउदा वा साथीभाईलाई शहर घुम्न लैजादा यो पेगोडामा पनि घुम्न लैजाने गर्छन् । चारैतिर गिर्जाघर भएको यो पश्चिमा संस्कृतिमा नेपाली पेगोडाले पूवीर्य र पश्चिमा दर्शन र सस्कृतिबीच सेतुको काम गरेके छ ।

शान्ति पेगोडाको इतिहास

एक सय ७१ वर्ग मिटर क्षेत्रमा फैलिएको यो नेपाल पेभिलिओन आज भन्दा ३२ वर्ष पहिले निमार्ण भएको हो । सन् १९८८ मा ब्रिसवेन शहरमा भएको वल्ड एक्सपो ८८ मा नेपालले यो सुन्दर पेगोडा शैलीको पशुपतिनाथ मन्दिर र अन्य कलाकृतिहरु उपहार स्वरुप छोडेको थियो । सम्पूर्ण काठले बनेको यो मन्दिर नेपालमा निमार्ण भएएको हो २ वर्ष समय लगाएर करिव १५० जना नेपाली कारिगडहरुले मन्दिर तयार गरेका थिए ।

वल्ड एक्सपो शुरु हुनु पूर्व दर्जनौ नेपाली कलाकारहरु ब्रिसवेन आएर यो पेगोडा शैलिको मन्दिरलाइृ ठड्याएका थिए । ब्रिसवेन शहरको सान बनेको यो मन्दिर हटाउन सरकारले निकै पहल गरेपनि स्थानियको विरोधका कारण सरकारी योजना तुहिएको थियो । त्यो समयमा स्थायिनहरुले पेगोडा बचाउ अभियान नै चलाएका थिए ।

ब्रिसवेनका कला र संस्कृतिका पारखिहरुले एक एक डलर दान गरेका वल्ड एक्सपो भएको स्थानबाट यो पेगाडालाई स्थानान्तरण गरी अहिलेको स्थानमा राखेका हुन् । त्यो समयमा पेगोडा बचाउ अभियान ले राज्यको स्थानिय राजनीतिमा समेत चर्चा पाएको थियो । सटीका मेयरको चुनावी मुद्दा समेत नेपाली पेगोडा बनेको थियो ।

१० वर्ष अघि सन् २००८ मा वल्ड एक्सपोको २० औ बार्षिक उत्सवको अवसर पारेर पेगोडाका साथी भन्ने संस्था दर्ता भएको छ । यसले ब्रिसवेनका एशियाली संस्कृतिको संरक्षण सँगै पेगोडा परिषरमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रमहरु गरिरहेको छ । वल्ड एक्सपोको फोटोहरु पेगोडा तथा एशियाली संस्कृतिका बारेमा आगन्तुकलाई बुभझाउछन् ।

कार्यक्रमा सहभागिलाई नेपाली मिठाइ र चिया बाँड्ने चलन अझै पनि छ । साथै नेपालको ग्रमिण भेगमा शिक्षा, स्वास्थ्य र जिवनयापनमा सहयोग गर्ने अर्थ संकलन पनि हुने गरेको छ । अहिले पेगोडाका साथी र ब्रिसवेन सिटी काउन्सिलले यो पेगोडाको नियमाति हेरचाह गरिरहेको छ ।

याे पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/2595