MENU

नेपालको पाल्पामा पहिरो ४ वटा सवारी साधन बगायो २ जनाको मृत्यु

फोटो : मेमे पाल्पा फेसबुक पेज
फोटो : मेमे पाल्पा फेसबुक पेज

पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको ज्यान गएको छ । गम्भीर घाइते भएका एकको उद्धार गरि अस्पताल पठाइएको छ ।

सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी—तानसेन सडक खण्डको सम्मबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो ।

घटनास्थलमा पुगेर नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितका उद्धारकर्मीहरुले पहिरो पन्छाउने काम शुरु गरेका छन् । घटनाको थप विवरण आउन बाँकी छ।