MENU

मकवानपुर कम्युनिटी अस्ट्रेलियाको पहिलो अधिवेसन सम्पन्न

Nepalese Australian
मकवानपुर कम्युनिटी अस्ट्रेलियाको नयाँ कार्यसमिति

सिड्नी । मकवानपुर कम्युनिटी अस्ट्रेलियाको पहिलो अधिवेसन सम्पन्न भएको छ । १६ अगस्ट आइतवार सिड्नीको रकडेलमा भएको अधिवेसनले राजकुमार अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाद्धारा जारी बिज्ञप्ति अनुसार दुईजना संरक्षकहरुमा बिक्रम शर्मा खरेल र सन्तोश पाठक रहेका छन् । यस्तै सल्लाहकारहरुमा गितम लामा र सिदार्थ लामिछाने रहेका छन् । संस्थाको उपाध्यक्ष बिराेध थिङ, जन सम्पर्क अधिकारी सज्जन कार्की, कोषाध्यक्ष बिशम गौतम, सह कोषध्यक्ष प्रकाश बर्तौला, सचिव सुभेक्क्षा लामिछाने सापकोटा, सह सचिव सुदिप सापकोटा रहेका छन् ।

यस्तै संस्थाको कार्यसमिति सदस्यहरुमा अमित कुमार आचार्य, सौरब बानिया, सुजन अर्याल, जीवन जोशी, अंकित सिंह पारमर, राजिब सापकोटा, सुशिल डंगोल र प्रताप लामा रहेका छन् ।

दुई वर्ष अघि स्थापना भएको मकवानपुर कम्युनिटी अस्ट्रेलियाले मकवानपुर जिल्लाबाट यहाँ आएकाहरु बीच एकता, साथ र सहयोगका लागि संयोजन गरिरहेको अध्यक्ष राजकुमार अधिकारीले नेप्लिज अस्ट्रेलिनलाई बताए ।

गएको दुई वर्षमा आपत विपतमा परेकालाई सहयोग गर्ने र एक आपसमा समाजिक संजाल विस्तर गर्न संस्था सफल भएको बार्षिक साधारा सभामा जानकारी गराईएको थियो ।