MENU

अग्निनियन्त्रकका लागि अर्थ संकलन गर्न एक सय मिटर लामो पिज्जा

 गत सेप्टेम्बरबाटअस्ट्रेलियामा सुरु भएको डढेलो अहिलेसम्म नियन्त्रणमा आएको छैन। अग्निनियन्त्रकहरू दिनरात नभनी आगो निभाउन खटिरहेका छन्।

 

 

अस्ट्रेलियाका जुझारु अग्निनियन्त्रकका लागि अर्थ संकलन गर्ने अभिप्रायले एउटा रेस्टुरेन्टले उनीहरूलाई समर्पण गर्दै १ सय ३ मिटर लामो पिज्जा बनायो।

 

 

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित एक इटालियन रेस्टुरेन्टले न्यू साउथ वेल्स रुरल फायर सर्भिसका अग्निनियन्त्रक कर्मचारीको सहयोगार्थ सय मिटरभन्दा लामो मार्गेरिटा पिज्जा बनाएको थियो।

 

 

पेलेग्रिनिज रेस्टुरेन्टले पिज्जा बनाएको थियो। पिज्जा बनाइरहेको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको छ।

 

 

चुह्लोमा पकाउनुअघि पिज्जालाई गोलभेँडाको सस र इटालियन चिज मोजारेलामा ढाकिएको थियो। यस विशाल पिज्जा चार हजार टुक्रा बराबर भएको बताइएको छ।