पर्थ । सन् १९७७ मा पहिलोपटक नेपालबाट एक जोडी रेड पाण्डा अस्ट्रेलिया ल्याइएको थियो । पर्थ चिडियाघरमा सन् १९९७ देखि नेपाली रेडपाण्डाको प्रजननरु भएको हो । अहिलेसम्म त्यहाँ २१ वटा रेडपाण्डा जन्मिसकेका छन् ।
संरक्षण र शैक्षिक जागरणका लागि पर्थ तथा सिड्नीको तोरङ्गा चिडियाघरले रेडपाण्डालाई अन्य क्षेत्रका चिडियाघरहरुमा स्थानान्तरण गरिरहेका छन् । पर्थ चिडियाघरका अनुशार क्यानबेरा, मेलवर्न र न्युजल्याण्डको चिडियाघरमा शैक्षिक तथा संरक्षण कार्यक्रम अन्र्तगत नेपाली रेडपाण्डालाई स्थानान्तरण गरिएको छ ।
विश्वका दुर्लभ जनावरको संरक्षणका लागि खोलिएको सिड्नी स्थित तोरङ्गा चिडियाघरमा नेपाली रेडपाण्डाको कक्षमा सधै भिड भैरहेको हुन्छ । रेडपाण्डा पनि आफ्नो कक्षमा आएका दर्शकलाई खुशी पार्न कहिले रुख चड्छ, कहिले निगालोको घारीमा लुक्छ त कहिले दर्शकको छेउमा आएर खानेकुराखान्छ । चिडियाघर घुम्न आएका बिद्यार्थीहरु भन्छन“, “नेपाली रेडपाण्डा त अस्ट्रेलियनकोला र कंगारुभन्दा पनि सुन्दर रहेछ ।”
पर्थ चिडियाखानाका दुई नेपाली रेडपाण्डा आमा मैया र पिता सोमबरबाट दुई रेडपाण्डाको जन्म भएको थियो । पर्थ चिडियाखानाका वरिष्ठ संरक्षक करेन रोदरह्यामले भने “हाम्रा पशु चिकित्सकले दुबै पाण्डाको आँखा, दात, कान र तौल परिक्षण गरे र हामी खुसी छौ कि दुबै पाण्डा स्वस्थ छन् ।”
सुरुवातका केही महिना उनीहरुलाइ पिजडा जस्तो बाकसमा आमाको नजिकै राखिएको थियो । त्यसैले उनीहरुको स्वास्थ्य परिक्षण एसियन रेन फरेस्टमा विना कुनै रोकावट गर्न सफल भएको हो । “मैया असाध्यै ध्यानदिने खालकी आमा रहेकी तथा उनले पशु चिकित्सकलाई आफ्ना बच्चाहरुलाई स्वास्थ्य परिक्षण गर्न कुनै अवरोध गरिनन् ।” करेनले थपे ।
रेडपाण्डालाई निकै नै दुर्लभ मानिन्छ र प्रजनन कार्यक्रम अन्तर्गत ती दुई पाण्डाको जन्मलाई निकै नै महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ । नेपाली रेडपाण्डा खासगरी नेपाल, भुटान, भारत र चीनको हिमाली क्षेत्रमा पाइने गरिएपनि चोरी शिकारीका कारण उनीहरुको संख्या हाल दश हजार भन्दा पनि कम रहेको मानिन्छ ।
छिटफुटरुपमा बासस्थान भएका कारण उनीहरुको प्रजनन कार्य कम भएकाले चिडियाघरको प्रजनन कार्यले उनीहरुको संख्या वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएइको छ । पर्थ चिडियाखानामै सन् १९९७ देखि हालसम्म करिब २१ वटा रेडपाण्डाको जन्म भएको तथ्यांक छ ।
२१ औ शताब्दिको चिडियाघर पिन्जडा जस्तो हुनुहुदैन भनेर पर्थ चिडियाघरले पनि रेडपाण्डालाई प्राकृतिक बासस्थान दिन खोजेको छ । ठूलो खुल्ला क्षेत्र, निगाले घारी र रुखहरु भएको क्षेत्रमा रेडपाण्डाको कक्ष रहेको छ । संरक्षण र शैक्षिक जागरणका लागि पर्थ तथा तोरङ्गा चिडियाघरले रेडपाण्डालाई अन्य क्षेत्रका चिडियाघरहरुमा स्थानान्तरण गरिरहेका छन् ।
चिडियाघरले नेपालको हिमाली भेगमा रातो पाण्डको बासस्थान संरक्षणका लागि कार्यक्रम समेत बनाएको छ । हिमाली क्षेत्रमा वन बिनास, खाद्ययान्न अभाव र चोरी सिकारिका कारण रेडपण्डा लोपउन्मुख भएकाले संरक्षणमा नेपाल सरकारलाई सघाउने योजना अस्ट्रेलियन चिडियाघरहरुको रहेको छ ।
रातो पाण्डा विश्व संरक्षण संघ आईयुसियनमा सुचिकृत लोपउन्मख जनावार हो । बिश्व भरि करिव १० हजारको संख्यामा रेडपाण्डा रहेको आईयुसियनको तथ्यांक रहेको छ । संकटमा परेका दुर्लव जनावर भएकोले नेपालमा यसको शिकार गर्न पाईदैन । नेपालको हिमाली भेग रेडपाण्डाको मुख्य वासस्थान रहेको छ ।
विशेषगरि लाङ्गटाङ्ग, सगरमाथा, मकालु बरुण र कञ्चनजङ्घा संरक्षण क्षेत्र रेडपाण्डाका लागि प्रसिद्ध छन् । नेपाल बाहेक भारत चिन, बर्मा, लावोस लगायतका देशमा पनि रेडपाण्डा पाईन्छ । तर पनि जिवशास्त्रीहरुले गरेको अध्ययन अनुसार रेडपाण्डाको उद्गम थलो भनेको नेपालको हिमाली क्षेत्र नै हो ।
घाँसपात, फलफूल र किराफट्याग्रा खाने यो जनावरको तौल तीनदेखि छ किलोग्राम सम्म हुन्छ । पाँचहजार मिटरभन्दा उचाईको हिमाली भू भागमा मात्रै रेडपाण्डा पाईन्छ । औसत आयू १४ बर्ष रहेको रेडपाण्डाले एक बर्षमा एक बेत मात्र बच्चा जन्माउछ । रातो तथा सेतो मुलायम रौ भएकाले रातो पाण्डा हेर्दामा निकै आकर्षक देखिन्छ ।
विरालो प्रजातिमा पर्ने रातो पाण्डाको नाम नेपाली शेर्पा भाषाबाट आएको हो । शेर्पा भाषामा यसलाई “नागल्यापोन्या” भनिन्छ, जसको अर्थ हो, बाँस खाने जनावर ।