जुलाई २१ मा दुई या तीनबटा उडानका लागि सरकारसँग अनुमति माग्ने हो भने पछिल्लो समय जानका लागि टिकटको पैसा तिरिसकेका यात्रुहरुलाई एकसाथ नेपाल पठाउन सकिन्छ । सरकारलाई एनआरएनए एक्लैले भन्दा पनि अस्ट्रेलियामा रहेका सवै संघ संस्थाहरूले सामुहिक दवाब दिन जरूरी छ ।
बाँकी रहेका ४ सय ५१ जना यात्रुहरु कहिले फर्कन पाईन्छ भन्ने चिन्तामा रहेका छन् । सेमी चार्टर्ड उडानको संयोजन गरी गरिरहेका गैर आवासीय नेपाली संघका अध्यक्ष केशव कडेल भन्छन, “अर्को उडानको पर्खाईमा रहनु भएका यात्रुहरुले तयारी अवस्थामा बस्नु होला । १९ गते अगाडीनै नेपाल सरकारसँग समन्यवन गरेर दुई वा तीनवटा चार्टर्ड उडान गराउने तयारीमा छौ । यदी टिकटको पैसा बुझाएर पनि पिसीआर परीक्षण गर्नुभएको छैन भने तपाई यात्रुहरुले तत्कालै परीक्षण गरिहाल्नुहोस ।”
उड्न बाँकी ४ सय मध्ये तीन सय जनाले त टिकटको पैसा नै एनआरएनएको खातामा बुझाई सकेका छन् । तर, नेपाल सरकारले १२ जुलाई सम्म मात्र उद्धार उडान गर्न सकिने निर्णय गरेको थियो । तर, विदेशमा रहेका यात्रु तथा सम्बन्ति देशका गैर आवासीय नेपाली संघको पहलमा सरकारले उद्धार उडान जुलाई १९ सम्म गर्न अनुमति दिएको थियो । अस्ट्रेलियाबाट उद्धारको पर्खाइमा रहेका बाँकी नेपालीलाई १९ जुलाई अघि नेपाल फर्काउन पहलहरू भने भइरहेका छन् ।
चार्टर्ड उडानमा नेपाल फर्कने यात्रुहरुलाई पिसीआर रिपोर्ट अनिवार्य भएका कारण बुधवार गरी हाले पनि उनीहरुको रिपोर्ट आउन कम्तिमा ४८ घण्टा लाग्छ । सबै यात्रुहरुले पिसीआर परीक्षण रिपोर्ट १९ अघि नै बुझाउन सक्लान त ? बुझाउने समय कम देखिन्निछ । यदी उडान भइहाल्यो भने यात्रुहरूसँग चार दिन मात्र वाँकी छ ।
मालिन्डो एयरबाट केही यात्रुलाई १९ अघि फर्काउन पहलहरु भईरहेका छन तर, सिड्नीमा रहेका ट्रभल्स एजेन्सीहरुले भने लामो यात्रा हुने भन्दै असहमति जनाउने भएका छन् । यदी मालिन्डो बिमानवाट नेपाली यात्रुलाई काठमाडौं फर्काईने हो भने १९ घण्टाको यात्रा हुनेछ । अस्ट्रेलिय इन्डाेनेसिया र कोलालम्पुर हुँदै काठमाडौको यात्रा हुने छ ।
कोरोना भाइरस ब्यवस्थापन समितिको वैठक हरेक हप्ता बिहीवार बस्छ । बैठकमा अस्ट्रेलियाबाट घर फर्कने चहाने नेपालीहरुलाई सातामा एउटा उडान माफर्त भएपनि फर्काउनका लागि सरकारलाई दावाब दिन आवश्यक देखिन्छ । अथवा २१ मा दुई या तीनवटा उडानका लागि सरकारसँग अनुमति माग्ने हो भने टिकटको पैसा तिरिसकेका यात्रुहरुलाई एकसाथ नेपाल पठाउन सकिन्छ ।