MENU

एमसीसीलाई लिएर नेकपामा अन्योल कायमै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा बजेटमै अमेरिकी सहयोग मिलियिनयम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको सहयोगको विषय राखिएको भन्दै असहमति चुलिएको छ ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले लामो समयदेखि पार्टी भित्र विवादित बनेको अमेरिकी सहयोग मिलियिनयम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विषयमा समग्रतामा छलफल गरेर छिट्टै निर्णय गरिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले सो विषय संसदमा प्रवेश गरिसकेको भन्दै संसदले नै यस विषयमा ठोस निर्णय लिने संकेत गरे ।

सचिवालयको बालुवाटारमा बसेको बैठकमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेकपा स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी हुनुहुन्थ्यो।