MENU

कोरोनाका कारण विदेशमा रहेका थप तीन नेपालीको ज्यान गयो 

कोरोना भाइरसको संक्रमणका विदेशमा रहेका थप तीन नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले यो हप्ता थप तीन जना नेपालीको कोरोनाकै कारण ज्यान गएको र योसँगै विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको जानकारी दिए ।

यो हप्ता ज्यान गुमाउने तीनै जना नेपाली कतारमा कार्यरत रहेको बताइएको छ।

हालसम्म बेलायत, अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् ।

संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चारजना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपालका ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो हप्ता अष्ट्रेलिया सहित विदेशमा रहेका १० हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

डेनमार्क, नेदरल्याण्ड, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।