MENU

डब्लुएचओसँग अमेरिकाको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपतिको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लुएचओसँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालयको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध समाप्त गरेको घोषणा गरेका हुन्।

लगातार डब्लुएचओले चीनको पक्ष लिएको अभियोग लगाउँदै आएका ट्रम्पले महामारी नियन्त्रणमा डब्लुएचओले गरेको प्रयास पर्याप्त नभएको र बेलैमा सचेत नगराएका कारण आफ्नो देशमा महामारी अहिलेको स्तरमा फैलिएको आरोप लगाउँदै सम्बन्ध सकिएको घोषणा गरेका हुन्।

कोरोना भाइरस महामारीलाई लिएर डब्लुएचओले चीनलाई जिम्मेवार बनाउन नसकेको आरोप ट्रम्पको छ ।

डब्लुएचओसँगको सम्बन्ध समाप्त गर्ने घोषणा गर्दै ट्रम्पले डब्लुएचओमाथि चीनको पूर्ण नियन्त्रण रहेको दोहो¥याए ।

ट्रम्पले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रकम अब अरु संस्थालाई प्रदान गर्ने घोषणा पनि गरेका छन् ।

सन् २०१९ मा अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन डलर भन्दा बढी सहयोग गरेको थियो ।