MENU

तेल बजारमा अहिलेसम्मकै ठूलो पहिरो, २ दशक यताकै कम मूल्य

चीनबाट फैलिएको कोरोना संक्रमणका कारण तेल बजारमा अहिलेसम्मकै ठूलो पहिरो गएको छ । कोरोनाका कारण अमेरिकी तेलको मूल्य २१ वर्षयताकै न्यून विन्दुमा झरेको छ ।

कोरोनाको संक्रमणसँगै तेलको मागमा कमी आएकाले माग घट्न जाँदा अमेरिकी तेल बजारमा यसरी पहिरो गएको हो ।

सोमबार बिहान एशियाली बजारमा अमेरिकी तेलको बेन्चमार्क, वेष्ट टेक्सस इन्टरमिडिएटको मूल्य १४ प्रतिशत घटेर प्रतिब्यारेल १५.६५ रुपैयाँमा कारोबार भएको छ ।

अहिले अमेरिकी तेलका भण्डारणहरु मूल्यमा आएको गिरावटको सामना गरिरहेका छन् । कसैले पनि तेलको माग नगरेकाले सबै भण्डारण भरिएका छन् ।

तेलको बजारमा यसरी गिरावट आएपछि अमेरिकी अधिकारीहरु चिन्तित बनेका छन् । कोरोनाको महामारी फैलिएसँगै विश्वका तेल उत्पादक मुलुकहरुले तेल उत्पादनमा कटौती गरेका छन् ।

तेल बजारमा गिरावट आएपछि अहिले विश्वका अधिकांश तेल उत्पादन कारखानाहरु बन्द भएका छन् ।