MENU

रिजर्भ बैकद्वारा ११ बर्षपछि अस्ट्रेलियामा ब्याज दर वृद्धि

Reserve Bank of Australia RBA board decided to increase the cash rate target by 0.25%.
Reserve Bank of Australia RBA board decided to increase the cash rate target by 0.25%.

सिड्नी । अस्ट्रेलियाको रिजर्भ बैकले हालसम्मकै न्यून रहेको ब्याजदरलाई बढाएकोछ । मंगलबार ३ मे मा  बसेको रिजर्भ बैङ्कको बोर्ड बैठकले सन् २०१० पछि हालसम्मकै न्यून रहेको ब्याजदरलाई बढाउने निर्णय गरेको हो ।

रिजर्भ बैङ्कको निर्णय अनुसार परिवर्तित ब्याजदर ०.३५ प्रतिसत रहेको छ । यसअघि अहिले सम्मकै सबै भन्दा न्युन ०.१० प्रतिसत ब्याजदर रहेको थियो ।

उकालो लाग्दै गरेको अस्ट्रेलियाली घरजग्गाको मूल्य र बढेको पेट्रोलको भाउका बीच रिजर्भ बैङ्कलाई समेत ब्याजदर बढाउन दवाब परिरहेको थियो ।

यो मुल्यबृदि सँगै  पाँचलाख डलर कर्जा भएको ब्यक्तिले प्रति महिना ३९ डलर अतिरिक्त रकम तिर्नु पर्नेछ । जीवनयापनको खर्च बड्यो भनेर सरकारको चर्को बिरोध भैरहेको बेला ब्याजदर बृदिले नागरिकहरूमा झनै आक्रोस थपेकोछ ।

सिंघिय ट्रेजरर जश फ्राइडनबर्ग भने गठबन्धनको आर्थिक व्यवस्थापनसँग यसको कुनै पनि सम्बन्ध नभएको तर्क गर्छन् । यद्यपि बेरोजगारी दर न्यून रहेको अवस्था र तलब वृद्धि जस्ता कुराले मूल्य वृद्धिलाई कम गर्दै लाने विश्वास फ्राइडनबर्ग व्यक्त गर्छन् ।

दुई दशक पछाडि पहिलो पटक अस्ट्रेलियाको सेवा एवम् वस्तुको मूल्य वृद्धि दर बढेर ५.१ प्रतिशत पुगेको छ ।

सन् २००० मा तत्कालीन जोन हावर्डले सरकारले वस्तु तथा सेवा कर लागु गरे यताकै पहिलो पटक मुद्रास्फीतिको दरमा यति ठूलो वृद्धि देखिएको हो।

तत्कालीन समयमा सेवा कर लागु गरेपछि मूल्यवृद्धि वार्षिक ६ प्रतिशतले बढेको थियो। तर पछिल्लो वर्ष नाटकीय रूपमा ३.५ प्रतिशतको तुलनामा यसपालि मुद्रास्फीति दर बढेर ५.१ प्रतिशतमा पुगेको हो ।

चुनावी माहोल र प्रचार चलिरहेका बेला यसलाई सरकार माथिको प्रहारका रूपमा लिइएको छ ।

याे पनि पढ्नुहाेस् ।

गुठी अस्ट्रेलियाको साधारण सभा सम्पन्न; अध्यक्षमा उमेश नापित निर्वाचित