MENU

नेदरल्याण्ड्सका दशौँ हजार मानिसले मागे इच्छा मृत्युवरणको अनुमति

नेदरल्याण्ड्समा ५५ वर्ष वर्षमाथिका १० हजार १५६ मानिसले इच्छा मृत्यु चाहेका छन्।

 

त्यहाँका स्वास्थ्य मन्त्री एवम् क्रिस्चियन डेमोक्रेट सांसद ह्युगो डि जोङले यसबारे शुक्रबार संसदलाई जानकारी गराएका हुन्।

 

उनले एउटा प्रतिवेदनलाई उधृत गर्दै यसरी मृत्युवरण चाहनेको उमेर ५५ वर्षमाथि रहेको जानकारी गराए।

 

उनीहरु आफ्नो जीन्दगी समाप्त गर्नेबारे सोचिरहेको र सरकारसँग अनुमति खोजिरहेको ती मन्त्रीले जानकारी गराएका छन्।

 

 

 

त्यस्ता व्यक्तिहरु गम्भीर रोगको शिकार भएर मर्न नचाहेकाले सामान्य विरामी अवस्थामै मर्न चाहेको प्रतिवेदनमा उल्लेख छ।

 

यो प्रतिवेदन त्यहाँको ‘ब्यान विजगाडन कमिसन’ ले तयार गरेको हो।

 

मन्त्री जोङले यो कुरा सरकार र समाजका लागि निकै ठूलो सामाजिक मुद्दा भएको बताएका छन्। साथै उनले यो देश र समाजका लागि ठिक नभएकोसमेत उल्लेख गरेका छन्।

 

मन्त्री जोङले यसबारे सरकार गम्भीर हुनुपर्ने बेला आएको र ७५ वर्ष उमेर पुगेका व्यक्तिहरुका लागि इच्छा मृत्यु दिने सन्दर्भमा पनि सरकारले सोच्नुपर्ने बेला आएको बताएका छन्।

 

नेदरल्याण्ड्समा सन् २००१ मा इच्छा मृत्युमा रोक लगाइएको थियो।

 

इच्छा मृत्यु चाहनेको संख्या तिब्ररुपमा वृद्धि भएपछि सन् २००१ मा नेदरल्याण्ड्स सरकारले रोक लगाएको थियो।