MENU

नेपालको बझाङमा पहिरोमा पुरिएका ६ जनाको शव भेटियो

काठमाडौं, नेपाल ।

बझाङमा शुक्रबार राति गएको पहिरोमा पुरिएका सातजना मध्ये ६ जनाको शव फेला परेको छ।

केदारस्युँ गाउँपालिका–८ मल्लेसिमामा गएको पहिरोमा पुरिएका सातमध्ये शनिबार साँझसम्म ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय प्रयाग जेठारा र सात वर्षीया अष्मिता जेठाराका १५ वर्षीया सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको बोहोराले जानकारी दिए।

२० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता छन्।

६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो आएको पहिरोले मल्लेसीका २० घर बगाएको छ । पहिरोले २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाईगोरु पनि पुरिएका छन्।