MENU

नेपालमा अस्पतालबाट भागेका कोरोना संक्रमित घरबाटै फेला परे

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनबाट भागेका कोरोना संक्रमित पुरुष फेला परेका छन्।

अस्ति आइतबार राति ढोका तोडेर भागेका सर्लाहीको धनकौलका ४५ वर्षीय कोरोना संक्रमित पुरुष खोजविनको क्रममा हिजो सोमबार आफ्नै घरमा फेला परेको प्रहरीले जनाएको छ ।

मानसिक रागी समेत रहेका ती मानिसलाई सर्लाहीबाट फेरि उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनमा ल्याउन लागिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।