MENU

नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १ सय ३४ पुग्यो


नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेहरु कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु रुपन्देही समरीमाइ गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन्।

यस्तै राजापुर बर्दियाकी ११ वर्षीया बालिकालाई पनि संक्रमण पुष्टि भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो।

यसअघि सोमबार विहान मात्र कपिलवस्तुका १० जना, रुपन्देहीमा ६ जना तथा सप्तरीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

कपिलवस्तुका सक्रमितहरु यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुष हुन् र, उनीहरु लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल आएका थिए ।

सोमबार साँझ आएको रिपोर्टमा यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका —७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा मात्र संक्रमितको संख्या २१ पुगेको छ ।

संक्रमितको संख्या बढेसँगै कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ ।

उता, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका —७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै सोमबारै नै बर्दिया राजापुर नगरपालिका— ५ कि ११ वर्षकी बालिका र सप्तरीको डाक्नेश्वरी नगरपालिका – ३ का एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमित संख्या १ सय ३४ पुगेको छ। जसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने तीनमा पुनस्संक्रमण देखिएर अस्पतालमा उपचार भइरहेको छ।