MENU

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

बिहिबार थप सात जना कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमित संख्या २ सय ५० पुगेको हो । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण क्रममा बिहीबार नयाँ सात जनामा संक्रमण देखिएको बताउनुभयो ।

काठमाडौँ चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष, कपिलवस्तुका छ वर्षीया बालिका, सर्लाही धान्कोल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, धनुषाकै मिथिला नगरपालिकाका २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय पुरुष, महोत्तरीकै बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको प्रवक्ता डा अधिकारीको भनाई छ ।

उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।