MENU

नेपालमा थप २२४ कोरोना संक्रमण पुष्टि, काठमाडौंमा ३८ जना संक्रमित थपिए

काठमाडौं, नेपाल ।

नेपालमा शुक्रबार थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वितेको २४ घण्टामा गरिएको १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षणका क्रममा थप २ सय २४ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् ।

काठमाडौंमा ३८ जना थपिए

यसैबीच काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ३ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

प्रवक्ता डा. गौतमका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणका काठमाडौँका २ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ।

वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि छ भने नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १८ तथा ललितपुरका १ जना र नेपाल– कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सर्तकता अपनाउन आग्रह

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पछिल्लो समय कोरोना संक्रमण फैलिरहेको भन्दै सचेत हुन आग्रह गरेको छ ।

जनस्वास्थ्यका लागि सरकारले जारी गरेको मापदण्ड पालना नर्गदा संक्रमण फैलिदो क्रममा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले, लापरबाही जारी रहे उपचार नपाएर ज्यान गुमाउनुपर्ने जोखिम रहेको भन्दै सचेत रहन चेतावनी दिएको छ ।