MENU

नेपाली दुतावास क्यानबेराको भवन निमार्ण प्रक्रिया शुरु

Site for the Embassy of Nepal, Canberra, Australia

क्यानबेर, नेपाली दुतावार क्यानबेराको भवन निमार्ण प्रक्रिया शुरु गरेको छ । दुतावासले भवन निमार्णका लागि डिजाइन गर्न ५ वटा इन्जिनियरिङ कन्सल्टिङ फर्म छनोट गरेको छ । पाँचवटा फर्मले पेश गर्ने आर्थिक तथा प्राविधिक प्रस्ताव मध्ये छनोटमा परेको कम्पनिले भवनको डिजाइन गर्ने छ ।

दुतावासरले २९ मे शुक्रवार वेभसाइटमा सुचना प्रकासीत गरेर ५ वटा इन्जिनियरिङ कन्सल्टिङ फर्मको आसय पत्र छनोट भएको सार्वजनिक गरेको हो ।

इन्जिनियरिङ कन्सल्टिङ फर्म छनोट सँगै नेपाली दुतावास भवन निमार्ण प्रक्रियाले गति पाएको अस्ट्रलियाका लागि नेपाली राजदुत महेशराज दाहालले नेप्लिज अस्ट्रेलियनलाई बताए । दाहालले भने, “राजदुत भएर क्यानबेर आएपछि प्राथमिकतामा राखेर भवन निमार्णका कामलाई अगाडी बढाएको छु ।”

छनोट भएका इन्जिनियरिङ कन्सल्टिङ फर्महरुले दुतावासको रिक्वारमेन्ट अनुसारको डिजाइन बुझाउने पर्ने छ । डिजाइन छनोट भएपटि भवन निर्माणको प्रक्रिया शुरु हुनेछ । डिजाइका लागि छनोट भएका सबै इन्जिनियरिङ कम्पनीहरु अस्ट्रेलियन हुन् ।

दुई बर्ष अघि नेपाली दुतावास र अष्ट्रेलिया सरकारबीच जग्गा खरिद सम्झौता

दुई अघि २०१८ मार्च महिनामा आयोजित एक समारोहकाबीच अष्ट्रेलिया सरकार र नेपाली दुतावासबीच सिधा जग्गा किनबेच सम्झौता भएको हो । सम्झौता पत्रमा नेपालका तर्फबाट तत्कालिन राजदुत लक्की  शेर्पा र अष्ट्रेलियाका तर्फबाट लिन्डल स्याच्स्ले हस्ताक्षर गरेका थिए ।

तत्कालिन राजदुत लक्की शेर्पा र अष्ट्रेलियाका तर्फबाट लिन्डल स्याच्स्ले जग्गा खरिद सम्झौतामा हस्ताक्षर गर्दै साथमा उपनियोग प्रमुख राजेन्द्र पाण्डे

सम्झौता अनुसार कुटनीतिक प्रयोजनका लागि अष्ट्रेलियन सरकारले छुट्टाएको क्यानबेराको ओमाली सर्बबमा रहेको प्लटमा ६१९८ बर्ग मिटर अर्थात करिब १३ रोपनी जग्गा नेपालको स्वामित्वमा आएको छ ।

दुईदेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको लोमो समय भएपनि हालसम्म अष्ट्रेलियामा नेपाली दुतावासको आफ्नै स्वामित्वको जग्गा र भवन थिएन ।

जग्गा खरिद गरेपछि यहाँको नियम अनुसार ३६ महिना अर्थात ३ वर्ष्भित्र भवन निर्माण गरिसक्नुपर्छ । उक्त जग्गामा दुतावासको भवन, राजदुत तथा कर्मचारीको निवास, वगैंचा तथा कारपार्क निर्माण गरिनेछ ।

दुतावसले जारी गरेको सर्वजनिक सुचना