टोअम्बा, क्विन्सल्याण्ड । दक्षिण क्विन्सल्याण्डको डार्लिङ डाउनस रिजनमा रहेको टोअम्बा ग्रामिण शहरमा बसोवास गर्ने नेपालीहरुको संस्था नेप्लिज एसोसिएसन अफ टोअम्बाको अध्यक्षमा पुकार घिमिरे निर्वाचित भएका छन् ।
२४ जुन बुधवार टोअम्बामा भएको भेलाले पुकार घिमिरेको अध्यक्षामा ११ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको सचिव नबराज सुबेदी, कोषाध्यक्ष सृजन अधिकारी, सहसचिव शिखर पौडेल रहेका छन् ।
यस्तै कार्यसमितिका सदस्यहरुमा दिवश चापागाई, कुबेर रानाभाट, लोचन प्याकुरेल, दीप खत्री, प्रज्ञा तामाङ, शरद भट्ट र निरज गुरुङ रहेका छन् ।
नेप्लिज एसोसिएसन अफ तोअम्बाले स्थानिय मुल प्रवाहका महोत्सव र पर्वहरुमा सकृया सहभागिता जनाउदै आएको छ ।
संस्थाका नव निर्वाचित अध्यक्ष पुकार घिमिरेका अनुसार टोअम्बामा प्रत्येक बर्ष सेप्टेम्बर महिनामा हुने फ्लावर फेस्टिभलमा नेपाली समुदायको विशेष उपस्थिति हुने गरेको छ ।
टोअम्बा लेङ्गोएज एण्ड कल्चरल फेस्टिभलमा नेपाली समुदायको कल्चरल परेड विशेष आकर्षणको रुपमा हेरिन्छ । नेपाली सँस्कृतिक पहिरन सहित परेडमा नेपालीहरु सहभागि हुने गर्छन् । स्थानिय रुपमा दशै, तिहार, तिज जस्ता नेपाली पर्वहरु पनि मनाउने गरिन्छ ।
समाजका अध्यक्ष घिमिरे भन्छन्, “टोअम्बा स्थानिय काउन्सिल सँग सहकार्य गरेर नेपाली समुदायको विकासका कार्यक्रमहरु गरिरहेका छौ ।” घिमिरे थप्छन, “समुदायमा भाषा विद्यालय संचालन, क्रिकेट, फुटबलका प्रतियोगिताहरु र पारिवाकि बनभोज जस्ता कार्यक्रमहरु नियमतिरुपमा भैरहेका छन् ।”
टोअम्बा रिजनल काउन्सिलका नव आप्रसि समुदायहरु मध्ये नेपालीको जनसंख्या उच्च रहको छ ।