MENU

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको ७१ वर्षको उमेरमा निधन

अकल्याड, न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ।

 

उनी सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए। उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन्।

 

मुरेको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका छन्। देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको जसिन्दाले स्मरण गरे।

 

 

विश्व व्यापार सङ्गठन डब्लुटिओलाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेका थिए।

 

‘हरेकले उहाँलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मिएको भन्ने गरेका छन्’ प्रधानमन्त्री जसिन्दाले भने।

 

मुरे सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए।