MENU

न्यूजिल्याण्डका ‘लकडाउन हिरो’– दिनेश खड्का

Lockdown Hero: Dinesh Khadka

अकल्याण्ड । कोभिड १९ को महामारीका कारण न्यूजिल्याण्डमा समस्यामा परेका नेपालीलाई गरेको सहयोग बापत न्युजिल्याण्ड अकल्याण्डका दिनेश खड्कालाई स्थानीय स्वयसेवी सँस्थाले ‘लकडाउन हिरो’ घोषणा गरी सम्मान गरेको छ ।

नेप्लीज सोसाईटी अफ अकल्याण्डका अध्यक्ष समेत रहेका दिनेश खड्काको पहलमा कोभिड अबधि भर समस्यामा परेका आठ सय भन्दा बढी बिद्यार्थीले राहात सहयोग पाएका थिए । यही सहयोगको कदर गर्दै भोलेन्टिेयरिङ अकल्याण्डले खड्कालाई सम्मान गरेको हो ।

दयालु दिनेश

“समस्यामा परेका बिद्यार्थीलाई खानाको डब्बा बनाउदै विभिन्न ठाँउहरुमा आफैले पुर्याउदा असाध्यै व्यस्त भएको थिए । मैले एक दिनमा रातीको १०÷१२ बजे सम्म काम गरेको हुन्थे । झण्डै ७० वटा खाद्य समाग्रीका डब्बाहरु विभिन्न स्थानमा म आफैले पुर्याएको थिए,” दिनेशले भने ।

उनी विद्यार्थीहरुलाई दुई हप्ता सम्म पुग्ने खानेकुरा बोकेर आफै जान्थे । कतिपय विद्यार्थीले दोस्रो पटक वा तेस्रो पटकसम्म पनि खानाका लागि माग गरेका थिए ।

“मैले आफैलाई जोखिममा राखेको भएपनि मेरो मनले मानेन किनभने मलाई उनीहरुको सहयोग गर्नु थियो । म संग ७० वर्ष पार गरेका मेरा परिवारका सदस्यहरु थिए र उनीहरुपनि जोखिममा थिए । तर पनि मैले उनीहरुलाई भने कि ती युवा विद्यार्थीहरुलाई सहयोग गर्नुपर्छ र त्यसका लागि म सामाजिक दुरी कायम गरी कामगर्छु ।” दिनेशले थपे ।

लकडाउनका कारण दिनेशले गर्ने काम बन्द भएको थियो र उनीसँग पैसाको अभाव पनि थियो । तर समस्यामा परेका नेपाली बिद्यार्थीका लागि अहोरात्र खटेका कारण सम्मानित भएका छन ।

कोरोना भाईरसको नियन्त्रका लागि कुशल ब्यवस्थापन गरेको भनेर बिश्व भरी नैे चर्चा कमाएको देश न्युजिल्याण्डमा सोही अभियानमा सहयोग गरे बापत एक नेपाली सम्मानित भएका हुन् ।